Skip to content

हरपल याद गर्थिन होला

  • by

निस्ठुरी भनी चिनेको भए सायद म माया गर्थिन होला¸
बैगुनी भनी जानेको भए म तिम्रै यादमा डुब्थिन होला ।

बोकेर पिडा बाँचेको थिए बिर्सेको थिए ति सुखहरु¸
सद्‍भाव तिम्रो न पाको भए म तिम्रो नजिक हुन्थिन होला ।

प्यासी यो मन प्यासी यो तन सितल पार्ने कोइपनि छैन¸
रंगिन सपना देखेर तिम्रै हरपल याद गर्थिन होला ।

हाँसेर मीठो बोलेर मीठो कटाक्ष गर्‍यौ जलाइ दियौ¸
पहिल्यै मैले बुझेको भए सायद यो मन दिन्थिन होला ।

निस्ठुरी भनी चिनेको भए सायद म माया गर्थिन होला¸
बैगुनी भनी जानेको भए म तिम्रै यादमा डुब्थिन होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *