Skip to content

हारपछि जितेको राम्रो


हारपछि जितेको राम्रो
गल्तीबाट सिकेको राम्रो

सिकाऊँ, सिक्नु हो जीवन
सक्दो ज्ञान बाँटेको राम्रो

बाँच्न त पशु नि बाँच्छन्
मान्छे भई बाँचेको राम्रो

मरेर लानु नै के छ र ?
केही गरेर मरेको राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *