Skip to content

त्यो रुपले के–के गरे


त्यो रुपले के–के गरे के–के गरे शहरमा
चारैतिर उन्कै मात्र चर्चा छ रे शहरमा

जताततै हंगामा छ उनको जवानीको
नचिन्ने उन्लाई कोही छैन अरे शहरमा

भवँराले फूलबारी अनायास छाडेपछि
एका एक वसन्त बसाई सरे शहरमा

शुन्य छ आकाश पनि चाँदनीको रातमा
उनीलाई हेर्न आफै जून झरे शहरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *