Skip to content

तीन मुक्तक (सारा शहर घुमेर)


१.

सारा शहर घुमेर यार बदलें
छउञ्जेल उमेर प्यार बदलें
बदल्यौ ऐना र भन्यौ प्रिय
हेर त आफ्नै अनुहार बदलें ।

२.

पित्तल गालेर सुन हुनी भा
तारा चम्केर जून हुनी भा
कसले गर्थ्यो र रुनी अभिनय
आँसु बगेर खुन हुनी भा ।

३.

टुँडीखेलमा पाल टाँग्छौ कतिञ्जेल
हत्केलाले लाज ढाक्छौ कतिञ्जेल
अब पनि नगरे त सन्ततिले थुक्लान्
यसै गरी नेपाल राख्छौ कतिञ्जेल ।

-अजित क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *