एउटा भाइलाई अँझै
टेन्टमै बसेको देखेपछि
मैले भने
भाइ अँझै टेन्टमै बसेको ?
उसले भन्यो
दाइ भूकम्प आए पछि
टेन्टमा बसेको
छेउकै टेन्टकी तरुनीको
प्रेममा फसेको
उसको घर चर्केको छ् रे
त्यसैले ऊ यतै बसेको
आफूले पनि छोड्न सकिएन
घर नचर्के पनि
यतै डेरा कसेको
अँझै यो भूकम्पले
हल्का फुल्का धक्का दिए हुन्थ्यो
पट्टिनै लागेकी छ तरुनी
हाम्रो माया प्रीति पनि पक्का हुन्थ्यो ।
आफूलाई त
भूकम्पकोभन्दा
केटीका परिवार सर्लान कि
भन्ने डर छ
उसको बाउले शङका गरेको जस्तो छ
घरी घरी
खाली घर जाने कुरा गर्छ ।
अब कुरो मिल्यो भने
उसकी छोरीलाई
हुन्डरिले पाल उडाए झै उडाइदिन्छु
अनि भूकम्प दिवस र हाम्रो एनिभर्सरी
सँगै मनाइ दिन्छु ।
मैले भने
ल बधाई छ
भूकम्पमा पर्या भए
के अपरेसनमा जान्थ्यौ
के चिन्ताले डिप्रेसनमा जान्थ्यौ
ब्यस्त भएछौ माया प्रीतिमा
केको डर मान्थ्यौ ।
सके उसकै बाउसँग
केटीको हात माग्नु
दिएनन भने मात्र भाग्नु
छोरी जन्मिए भूकम्पिका
छोरो जन्मिए
भूकम्प नै नाम राख्नू ।
प्रेम ओली
