Skip to content


उहिल्यैदेखि मेचीले अज्ञानको अँध्यारो फाल्दैछ
मेचीका छाल छालमा सिर्जना नौलो ल्याएर
यहाँका मुटुमुटूमा शिक्षाको ज्योति बाल्दै छ,
ज्ञानको ज्योति बाल्दैछ
आहा यही हो मेची क्याम्पस, लालाला यो हाम्रो मेची क्याम्पस ।

उकाली र ओराली के भो र शिक्षाको लामो बाटोमा
सिर्जना रोपे उम्रन्छ मलिलो हाम्रो माटोमा… मलिलो हाम्रो माटोमा
पूर्वको द्वारमा बसेर नेपालको माया पैल्यायो
हजारौं हाँगा हाँगामा यसले ज्ञान फैलायो
यसैले ज्योति फैलायो

मेचीका थोपा थोपामा मोतीका दाना टल्कन्छन्
यहाँको चिया बारीमा वसन्त आउँछ पल्कन्रछन् ।
कन्चनजङ्घा हिमाल मेचीलाई हेन लम्कन्छ
घामको पहिलो झुल्कोमा शिक्षाको ज्योति चम्कन्छ
पौरखी हात पाएर देशमा मेची लम्कन्छ
देशमा मेची चम्कन्छ

मेची बहुमुखी स्वर्णमहोत्सव कार्यक्रम गीत
लेखन : होम सुवेदी
संगीत : रोसन बस्नेत
गायन : सुषमा बाँस्तोला, तायमा राई, अर्जुन सुनुवार,
दीपा न्यौपाने, निशान्त केसी, गगन भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *