हामी सबै एक्लै, हाम्रो सहारा छ के ?
खुशी हुनै पर्ने, त्यस्तो बहारा छ के ?
कति हुन्छ मनमा जलन, पीडा उतिकै
बगाई लाने त्यस्लाई, कतै खहरा छ के ?
जसो गर त्यसै हुन्छ, जित्नेकै जीत यहाँ
बाँध्ने सबै थोक, कहाँ लहरा छ के ?
भोकले तड्पिएछन्, हजारौ प्राणीहरू
मेटाउने तिन्को प्यास, आहारा छ के ?
रन्जना न्यौपाने
दोलखा, चरिकोट

नानी बाहारा को अर्थ तेताे
नानी बाहारा को अर्थ तेताे चरिकोट तिर के हाेला । यता झापामा यो शब्द चल्दैन । जान्न पाए हुने थियाे ।
बाहारा भन्नाले, मन खुशी हुनु
बाहारा भन्नाले, मन खुशी हुनु कुनै कुराले मन शान्त रहनु खुसीले नाच्नु, भन्ने म बुज्दछु। यो हिन्दी शब्द हो। यदी मैले गलत बुजेछु भने सर हजुरले बुजाइदिनु भएमा म धेरै खुशी हुने थिए र आफ्नो गल्ती लाई सुधारने थिए ।
Ranjana
मलाइ यति सम्मान मान गरेकाेमा
मलाइ यति सम्मान मान गरेकाेमा बेटा तिमीलाइ धेरै धेरै धन्यवाद । हाे याे हिन्दी शब्द जरुर हाे तर यो हिन्दिमा बहार मात्र हुन्छ । हिन्दी शब्दकाेश हेरे बुझिहालिन्छ । अर्थ भने बहारा मा तिमीले जुन अर्थ गरेकाे छ त्यो अर्थ ता बहार काे मात्र हुँदाे रहेछ । बहारा भन्ने शब्द मैले भेटिन । कतै भेटियाे भने मलाइ पनि सहयाेग गर्नेछौ भन्ने अाश गरेकाे छु । नरिसाउनु । बढी बाठाे भयाे भनेर नरिसाउनु है ।
बहार को अर्थ हेर है । बहार
बहार को अर्थ हेर है । बहार स्त्री० [फा०] १. फूलों के खिलने का मौसीम। वसंतऋतु। २. मन का आनन्द और प्रफुल्लता। मजा। मौज।—किसी जगह (या किसी की बातें) की बहार लेना। क्रि० प्र०—उड़ाना।—लूटना।—लेना। ३. किसी वस्तु या व्यक्ति या यौवन-काल जिसमें जिसे देखकर मन प्रसन्न होता है। ४. सौंदर्य आदि के फल-स्वरूप होनेवाली रमणीयता या शोभा। जैसे—पगड़ी पर कलगी खूब बहार देती है। क्रि० प्र०—देना। मुहा०—(किसी चीज का) बहार पर आना=ऐसी अवस्था में आना या होना कि उसकी शोभा या श्री देखकर मन प्रसन्न हो जाय। बहार बजना=आनंद उमड़ना। खुशी छाना। उदा०—मिले तार उनके औरों से नहीं, नहीं बजती बहार।—निराला। ५. संगीत में, वसंत रात से मिलती-जुलती एक प्रकार की रागिनी।
[Source: Pustak.org]