किन खाली खाली, लाग्दैछ जीवन अचेल
मौनतातिर कतै, भाग्दै छ जीवन अचेल
म खोज्दै छु आज, कता हराए खुशीहरू
बुज्न खोज्दा खोज्दै, थाक्दै छ जीवन अचेल
अतालिन्छु डराउछु, के हुँदै छ नयाँ यहाँ
हरेक सुख दु:ख, चाख्दै छ जीवन अचेल
किन हुँदैन निको, गल्ती बिनाको घाउ यो
बल्झिएर फेरि पनि, पाक्दै छ जीवन अचेल
हिड्दा हिड्दै अल्मलिने, के भाको हो यस्तो
सुन्यतातिर मलाई, डाक्दै छ जीवन अचेल
रन्जना न्यौपाने
चरिकोट, दोलखा
