नवलपरासी साहित्यिक परिषदले, २०७२ साल श्रावण ११ गतेका दिन मास्की निवास कावासोतीको हलमा साहित्यकार विश्वेश्वर प्रसाद कोईरालाको ३३औं स्मृति दिवसको सन्दर्भ र कवि दीपक सोतीको सुभ जन्मोत्सवमा स्रष्टासम्मान, रचनावाचन तथा वी.पी. बिचार आदान प्रदान कार्यक्रममा छन्देली कवि तथा गजलकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा र नवलपरासी साहित्यिक परिषदका सभापति श्रीविष्णु लामिछानेको सभापतित्वमा भव्यरूपमा साहित्यिक कार्यक्रम सुसम्पन्न गर्यो ।
यस कार्यक्रमको कार्यक्रम संयोजक साहित्यकार लीला राना मास्की हुनुहुनुहुन्थ्यो ।
साहित्यकार विश्वेश्वर प्रसाद कोईरालाको साहित्यिक योगदान सम्बन्धमा बालकृष्ण घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्राचार्य झपेन्द्र भुसाल र प्राचार्य बाबुराम राना मगरले कार्यपत्रमा समीक्षा गर्नुभएको थियो ।
यस कार्यक्रममा तीन जना साहित्यकारहरू दीपक सोती, सदानन्द अभागी र लोक नाथ खरेललाई दोसल्ला ओढाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियो । विशेष अतिथिमा किसान शर्मा, गोर्खे साइँलोले आसन ग्रहण गर्नुको साथै वी.पी.को साहित्यिक योगदानको बारेमा प्रकाश पार्नुभएको थियो ।
लीला मास्केले स्वागत भाषणको साथै आफ्नो रचना पाठ गर्नुभएको थियो । भूसभ गण्डर्षिले कार्यक्रमको संङ्क्षिप्त विवेचना गर्नुभएको थियो ।
वी.पी.को साहित्यिक योगदान सम्बन्धमा चर्चा र कविता पाठ गर्नेहरूमा कृष्णादेवी शर्मा श्रेष्ठ, डा. श्यामप्रसाद न्यौपाने, रामहरी शर्मा (शराह), सदानन्द अभागी, दीपक सोती, चेतनारायण भुसाल, लोकनाथ खरेल, कृष्ण नेपाल, दीपक भट्टराई, दीपक बराल, चिरञ्जीवी सिग्देल, जीवन युगिन, एक नारायण चापागाई यमकला बस्याल भोला बास्ताकोटी सञ्जय सजक, विमल विवश, आदिको साथै करिब ८० जना अन्य सहभागिहरूको सहभागिता थियो ।
धनबहादुर मास्कीबाट धन्यवाद ज्ञापन गरिएको यो कार्यक्रम भव्य, सभ्य र संख्यात्मकभन्दा गुणात्मकरूपमा सुसम्पन्न भएको थियो ।
सदानन्द अभागी
