(१)ढुङ्गा किन पुज्छ
ढुङ्गा किन पुज्छ मान्छे धैर्यताको मूर्ति ठानी
फूलपाती छर्छ मान्छे मौनताको मूर्ति जानी
प्रत्यक्ष भै मूल्याङ्कन यदि कोही गर्छ भने
के नै हात लाग्छ होला शून्यताकी महारानी
(२) नदी भए
नदी भए पानी हुन्छ
रत्न भए खानी हुन्छ
सबैभन्दा प्यारो बस्तु
आँखाको नानी हुन्छ
(३) जानाजानी
जानाजानी हानाहानी आज यहाँ चलेकै छ
राप ताप जीवनमा मनमा अग्नि जलेकै छ
सारा नभ प्रज्वलित चन्द्रसुधा वर्षाउँदै
तब पनि आशा दीप धिप धिप बलेकै छ
सदानन्द अभागी
