Skip to content


एक

केरिज कटेज नदीको किनारमा नदीको हावाले नभेट्टाउने गरी त्यही नदीलाई नै खुच्चिङ गर्दै दक्षिण हानिएको नदीको पूर्व पट्टीको सानो प्रकृतिको टुटुल्कोमा टुप्लुक्क एउटा मात्रै छ शायद माझी दाइले आफ्नी प्रेमिकालाई आँखा लगाउने मर्दलाई ढुँगाले हान्दा उठेको टुटुल्को जस्तो देखिन्छ शायद मेरो आँखामा । दिनभरि सकेजति काम गरेर अनि झल्याक झुलुक अनलाइनमा च्याटमा बसेर मौकाको फाइदा उठाउँदै प्याट्ट फुट्ट सन्देश पठाउँदै पनि भ्याइएकै हुन्छ । खास गरी म कम्तीमा पनि हप्ताको एक पटक सोमबार अफिसबाट छुटेर ठाउँ जहाँ साँझ सकिएको पत्तै हुँदैन । मेरो नियमित बस्ने ठाउँमा अर्के एक जना घमण्डी खालकी केटी देखेर मेरो रिसको पारो ताते पनि सम्हालिएर त्यहाँको मालिक्नीलाई मेरो सिट खाली गराइदिन भनेँ तर त्यो सँभव भएन त्यस पछि हातमा झोला लिएर उता पर पट्टीको माथि हावाले उडाएर सर्वाङ्ग बनाएको रित्तो कटेजमा हानिएँ ।

मालिक्नी टुप्लुकिइन सरी सर बसेको मान्छेलाई कसरी उठाउँ मैले अर्को कुनै ठाउँ रोजेर बस्नुहोला, सरले म आउँदै छु भन्नुभएको भए पनि म सबै टेवलनै रिजर्व गरेर राखिदिन्थेँ । के मलाई कहिलेकाहीं आउने बटुवा ठान्नुभएको हो तपाईंले हेलाँ गरेको मलाई मालिक देखि मालीसम्म सबैलाई थाहा छ म हरेक सोमबार यहाँ आएकै हुन्छु, मलाई याद छ म वर्षको ५० वटा सोमबार यहाँ आएको छु । शायद अब यो क्रम भङ्ग पनि हुन सक्छ, मलाई यहीँ नै आउन पर्छ भनेर कस्ले तोकेको छ र भन्दै झर्किए पछि मालिक्नीले मेनेजरलाई, मेनेजरले वेटर क्याप्टेनलाई, वेटर क्याप्टेनले वेटरलाई, वेटरले जुनियर वेटरलाई अनि जुनियर वेटर चाहिँ अब कसलाई भन्ने भनेर जिल्ल पर्दै थियो । रेष्टुरेण्टमा बबाल भयो, हल्लिखल्ली पनि भयो अनि सबैले कारण पनि थाहा पाए कतिले मलाई घमण्डी भने कतिले त्यो केटीलाई तमीज नभएकी भने … नमजा लाग्यो आफैलाई अनि साम्य पार्न आफै गएँ अनि सबै जनासँग सरी मागेँ अनि रेष्टुरेण्टको कर्नरमा अर्को टेबलमा गएर बसेँ, आप्नो ल्यापटप निकाले अनि इन्टरनेट ब्राउजिङ्ग गर्न थाले सानो म्यूजिक पनि लगाएँ मन्द मन्द ।

किरणलाई फोन लगाएर त्यहीँ बोलाएँ अनि म फेसबुकमा टहलिन थालेँ पहिले अरेञ्ज जुस मगाएँ किरणलाई पर्खिन एक छिनमै ऊ पनि आइपुग्यो अनि हामी सामान्य ड्रिक्सतिर पनि लाग्र्यौ स्न्याक्स पनि आयो अनि फेसबुक, जीमेल इत्यादि बन्द ध्यान जति अगाडि आयो टेवलमा खानपिन थपिँदै जाँदा पर्दा पनि धमिलो हुँदै गयो । मैले सभ्यताको यादमा बिताएका दिनहरू, सँझना अनि सम्बन्ध प्रबृत्तिका शृँखलाहरू भनेर भ्याएपछि ऊ पनि हौसियो ।

निशान दाइ हजुरको त जन्म जन्मको अटूट कथा छ तर खै मेरो जिन्दगी त यस्तै लोडसेडिङ्ग जस्तै कहिले झलमल्ल हुने कहिले झ्याप्प निभ्ने जस्तो भाछ दाइ तर ठिकै छ नि जीवनमा रमाइलो भइराख्या छ यस्तै रुपमा लिनु पर्ला नि दाइ । थाहा छ दाइ एक महिना अगाडि यही कटेजमा एउटी केटीसँग मेरो भेट भयो । मोरि त कस्ती घमण्डी रैछ भने मलाई पनि त्राही त्राही पारी, मान्नै पर्छ बा अजीव हो केटी त ।

मैले थपे त्यसो भए के भयो भन न त किरण यसो हाम्ले पनि सुनौ अजीवकी केटीको कथा हाम्रो किरणलाई पनि हराउन खोज्ने कस्तिरहिछ मैयाँ थाहा पाउन पर्यो नि, के थाहा फेरि यहीँ जम्का भेटपो हुन्छ कि फेरि ।

त्यसो भए सुन्नुस दाजु, कुरो आजभन्दा ठ्याक्कै १५ दिन पहिला हो म यही टेबलमा बसेको थिएँ अनि ल्यापटपमा गेम खेलिरहेको थिएँ मेरो सबै ध्यान गेमतिर मस्त थियो । त्यत्तिकैमा एक्युज मि भन्दै मेरी पडोसीले मेरो ल्यापटपको ध्यान आफ्नो पामटपतिर तानी शायद त्यतिबेलासम्म मैले उस्लाई राम्रोसँग अनुहारमा हेरेको पनि थिइन । उस्को गगल्समा पहिला आफैलाई दुइटा देखेँ, सलक्क परेको कपाल शायद स्ट्रेट गरेको होला, कानमा पहिरन रँगमा सुहाउने गहना, बाटुलो र पोटिलो अनुहार, मध्यम आकारका ओठमा हल्का पिँक कलरको लिपिष्टीकलाई सुहाउन हरियो भित्री कपडा माथि पिँक कलरकै टप अनि कटनको पाइण्टमा देख्दा लाग्थ्यो न्वारनको बल लगाएर चिटिक्क भएकी हो आज जस्तो लाग्यो । मैले हेरि राखेँ उस्को गगल्समा प्वालै पर्ने गरी जस्ले उस्को गगल्स निकाल्न बाध्य पारोस ।

के खाउँला जस्तै हेरेको मलाई भनेरभन्दा बल्ल मेरो आँखा उस्को आँखामा जुध्यो तैपनि घुरेर हेरिरहेँ, तिमीसँगबाट आँखा हटाउनै मन लागेन एक छिन हेरिरहन मन लाग्यो, साँच्चै हेर्न मन लाग्यो ईश्वरले तिमीलाई रचना गर्दाका रणसुत्रहरू फेला पार्न अँझै गहिरिएर हेर्न मन लाग्यो । सरी सरी म पनि कस्तो सरी मैले हजुरलाई तिमी भनेर सम्बोधन गरेकोमा भन्दै थक्थकिएँ म ।

उस्कोमा इटालियन डिश आयो म चाहिँ फुक्कै थिएँ त्यतिबेलासम्म । वेटरलार्ई मैले २ ग्लास वाइन लिन को लागि अह्राएँ अनि त्यसमा स्न्याक्सहरू पनि मगाएँ त्यसो त म फर्मल डिशभन्दा पनि यस्तै जँकफूड, स्न्याक्स खाएरै बस्ने बानी परेको दाजुलाई थाहै छ । ऊ फेरि उत्ताउलिई हैन अर्को त कोही देख्दिन नि, कसैको पर्खाइमा हो तपाई, हैन भने मैले । एक छिन गमे जस्तो गरी टाउको हल्लाई केही सँझे जस्तो गरी लाग्थ्यो उस्को नक्शा फेरिइराखेको थियो । मैले हजुरको लागि समेत मगाएको हो साँझका पाहुना भगवान सरह हुन्छन भन्छन त्यही भएर भन्दै मैले आफ्नै कुरामा मसाज गरेँ । मेरो अर्डरको खाना पनि आयो वाइन पनि आयो अनि एउटा ग्लास उचालेर उसलाई इशारा गरेँ लिनको लागि र ऊ पनि सँकोच नमानिकन मेरो हातबाट लिई र टेबलमा नराखिकन चियर्स गरेपछि चुस्की शुरु भयो । वाइनको ग्लास हस्तान्तरण गर्दा हाम्रो पहिलो सान्दर्भिक स्पर्श थियो ।

मैले कहिले पनि मेरा खासगरी केटी साथीहरूले के खानुहुन्छ भनेर सोधेर मलाई पनि ल्याइदिएर मात्र आफूले खाने गर्दथे आज नयाँ अनुभव भयो हजुरसँग साच्चै केटी साथीहरू हजुर जस्ता हुनु पर्ने है भन्दै बिच्काउन थालेँ । सरी भने फेरि कपाकप खान थाली लगत्तै अर्को एक बोतल वाइन मागी र पहिले आफ्नो ग्लासमा राखी अनि खान उठाएको ग्लास पनि टेवलमा राखेर मेरो ग्लासमा पनि खन्याएर मलाई खानको लागि इशारा गरी । मैले आफैले एक वोतल वाइन खाए पनि खासै भूत चढ्दैनथ्यो मलाई । अलि अलि नशामा चल्मलाउन थालेपछि म बादलसँग खेल्न थालेँ, आज कटेजमा खासै ग्राहकहरू थिएनन र भएका पनि जाँदै थिए खाली हुँदै थियो ।

तिमीले विवाह गर्यौ भनेर फेरि तिमी भनेरै सम्बोधन गरेँ तपाईभन्दा कुनै मजानै आएन । यसको हजुरलाई कुनै प्रयोजन छ र भनेर कस्तो अडबाङ्गे प्रश्न निल्नु न ओकेल्नु जस्तो भयो झन रिस उठ्यो म पनि त्यसभन्दा पनि बाङ्गो हुने निधो गरेँ । हेर्दा तिमी यति राम्री छौ चिटिक्क परेको जिउडाल छ मस्त जवानी छ कतैबाट असुरक्षा महशूस गर्दिनौ तिमीभन्दा उस्ले ओठ लेप्र्याइ अनि हाँसी । शायद केटामान्छेहरू बढी असुरक्षित छन केटी मान्छेभन्दा आफूलाई त्यस्तो बलवान ठान्नुभएको छ ती जमाना गए हजुर … !

मलाई लाग्यो अब सामान्य केटी होइन जब्बर छ भन्ने लाग्यो । तिमीले आफैले आफैलाई एैनामा हेर्दा लोभ लाग्दैन खेलौँ रमाउँ नभन्दै किन नलाग्नु तर मानिसको जात आफ्नोभन्दा अर्काको राम्रो देख्ने इष्र्यालु जात, त्यसो त विवाह भएका केटा मानिसहरू अरुका श्रीमतीहरू को राम्रो छ भन्ने नजिक हुने सम्बन्ध सम्पर्क राख्ने त छँदै छ नि हा हा हा हा अनि म मान्छे हैन र म बाँदर्नी जस्ती छु र म मेरो पुच्छर छ र अनि अनुहार भरि भुत्ला छन र केटाहरूले जिस्क्याएको सिठी बजाएको अनि पिछा गर्दा ममा पनि केहिरहेछ भन्ने लाग्दछ कहिलेकाहीं । म पो पानी पानी भएँ मैले भन्ने कुरा उसैले पहिल्यै भनिदिई ।

तिमीलाई केटा मानिसको कुन पक्ष मन पर्छ भनेर सोध्दा उस्ले सिधै आँखा मन पर्छ त्यसमा पनि इच्छुक आँखा मन पर्छ, अनि इच्छुक आँखा भनेको के हो निभन्दा ऊ मस्त हाँसि शायद केटा भएर जन्मिने सबैलाई थाहा हुने कुरा हो खै कुरा बुझेको केटा हैन कि क्या हो भनेर सकेसम्मको ठट्टा गरी ।

मैले तिम्रो आँखामा इच्छा देखेको छैन तिम्रा आँखाहरू उदास छन, थाहा छ चिसो दाउरामा मट्टितेल हालेर बाले पनि त्यसमा धुवाँ आउन छाड्दैन अनि मट्टितेल सकिएपछि निभ्छ हो तिमी पनि त्यस्तै देख्छु मैले किन यति धेरै ओसिएकि छौ कि तिमी शायद तिमीलाई त जेष्ठको प्रचण्ड गर्मीमा एक हप्ता सुकाए पनि तिमीलाई तताउन एकदम गारो जस्तो लाग्छ मलाई त । तिम्रो हार्डवयर यति राम्रो छ कि म तिम्रो बारेमा शब्दमा ब्याख्या गर्नै सक्दिन तर त्यसको सप्टवयर तिम्रो हार्डवयरसँग मिल्दो जुल्दो छैन त्यही भएर तिमी आफैलाई पनि आफैसँग आनन्द लिन सकेको छैन पक्कै पनि ।

तिम्रा आँखा तिम्रो केश राशी तिम्रो गोल अनुहार को नक्शा अनि नशै नशामा मदमस्त तिम्रा अधरहरूको त म के बयान गरुँ । यो जगतमा जहाँ पनि सुन्दरता छ त्यो आँखामा भर पर्ने कुरा हो तर तिम्रो सुन्दरता अजीव छ तिमीले मलाई नाम भनिनौ र पनि अलि गारो भयो तर केही छैन भन्दै मैले मेरो हात उत्तानो पारेर थापेँ अनि उस्ले के मागेको मसँग भनेर सोधि मैले पनि थपेँ निशान दाजु त्यही भएर मैले पहिले भनेँ नि तिमीसँग यौवन छ तर जवानी छैन त्यही भएर तिमी चिसो छौ, तिमीले मेरो इशारा बुझ्नै सकिनौ मैले तिम्रो हात मागेको हो छुनको लागि यस्ले पनि तिमी भित्रको चिसो पनलाई तताउने काम गर्दछ । त्यस पछि उस्ले बिस्तारै उस्को हात मलाई दिई, मैले पनि उस्को हात सुम्सुम्याएर उसलाई तरङ्गित पार्ने खोजेँ, उस्का सुकेका छहराहरूलाई जीवन दिने प्रयासको थालनी गरेँ । लाग्यो गाग्री रित्तो भयो भने धेरै बज्छ भन्ने कुरा मैले उसमा पाएँ ।

दाजु त्यस पछि त भन्दिन भो त्यत्ति मात्र भन्छु मैले उसलाई आँशिक रुपमा तताउन सफल भएँ र पनि त्यो काम मेरो कार्यसूचीमा सुरक्षित छ र अँझै पनि उस्को व्यवहार किन त्यस्तो भयो भन्ने कुराको पनि म अनुसन्धान गर्दै छु दाइ तर के गर्नु तपाईको भाइ भएर पनि म आज यस्तो जतै भयो तर मलाई आशा छ दाइले मलाई गलत सँझिनु हुन्न ।

दुई

अगाडि स्याम्पेन भन्ने अँग्रजी वाइनको वोतल आवाज नआउने गरी वेटरले सुस्तरी राखेर गयो अनि कति कति खेपमा टेबलमा भरा भरी बनायो । स्न्याक्सहरू, सलादहरू, चिसो तातो पानीको जारहरू, मिनी भ्याकुममा धेरैबेर राख्न मिल्ने गरी आइस क्युवहरू अनि पिँक कलरको एष्ट्रे, त्यसमा पनि केटी मान्छेको स्वादिलो तस्वीर राखेर प्रिण्ट गरेको । सिगरेटमा धुवाँभन्दा पहिले एष्ट्रेबाट नियाल्न शुरु गरेँ मैले । हैन मानिसहरूले पनि केटी मान्छेलाई कति सिँगार्न सकेका, पातलो कपडामा पारदर्शी तस्वीर एष्ट्रेमा राखेर के ग्राहकलाई मादक बनाउन खोजेका होलान ब्यापार बढाउन खोजेका होलान भन्ने लाग्यो ।

मैले एक दिन सभ्यतालाई जिस्क्याएर सर्लक्क परेको केटा देख्दा फेरि कतै मलाई बिर्सिने हौ कि तिमीभन्दा रिसाएको सिँह जस्तै झम्टिन आएको बिर्सेको थिइन मैले । म सभ्यता प्रति प्रतिबद्ध छु उसको मायाको सहारामा नै मेरो जीवनको खोलामा पानी बगेको छ, मैले पोष्टमा जे कमेण्ट गरे पनि जे अपलोड गरेपनि उस्को स्थानको कुनै प्रतिस्थापन छैन मसँग सोच्न पनि सक्दिन ।

फेसबुक च्याटमा अनलाइन म्यासेज आएर ल्यापटपको बटममा ट्राफिकको जस्तो रातो बत्ती बलिरहेको रहेछ । मेरो अष्ट्रेलियाकी नेपाली साथीले हाई निशान के छ तिम्रो खबर भनेर आफ्नै राजीनामा गरेको कित्ता जस्तै भन्दै थिई, तिम्रो के छ भन, कत्तिको झकास छ त तिम्रो जिन्दगी भने अनि किशोरलाई फोन लगाएँ आज अस्तिको कथाको अँश पुरा गर्छु भनेको थियो तर न उस्को फोन लाग्यो न अनलाइनमा भेटियो तैपनि म केरिज कटेजमा छु भनेर म्यासेज पोष्ट गरिदिएँ ।

किशोरका लागि मगाएको स्न्याक्सहरू समेत मैले नै रित्याएँ तर स्याम्पियन भने आधा बोतल बाँकी नै थियो अनि ग्लासभरी राखेर निस्तै चुस्की लाउने निधो गरेँ । लाग्यो शितन त फेसबुक छँदै छ नि कमसेकम अनलाइनमा एक दर्जनभन्दा बढी साथीहरू चौबिसै घण्टा उठेर हेरे पनि टुट्दैनन । सभ्यतालाई फोन लगाएँ मेरो गुन के थियो कि जति वाइन वा अन्य ह्विस्कीहरू खाए पनि बोली चाहि बिग्रिदैनथ्यो ।

“सभ्यता, मिस यु यार हेर न, म केरिज कटेजमा तिम्रै यादमा बसेर टोलाइरहेछु, तिमीलाई आप्नै बाहुपासमा बोलाइरहेछु । तर के गर्ने र खै ? आफू त जहिले नि बुङ्गो तिमी आउने दिनको दिन सँझेर लोलाइरहेछु हे हे हे !” भन्दै ठट्टा गरेँ, उताबाट केही पनि आवाज आएन, एक छिन म पनि बोलिन, अनि एक्कासि फोन मै कुरुरुरुरुरुरु गर्न थाली, अनि काली मलाई नझस्का न यार फेरि मलाई सातो गयो र फर्केन भने जिन्दगी भरि छेरपाटी लाग्ला अनि सम्हालेर बस्नु पर्ला नि भन्दै ठट्टा गरेँ । कस्ती छ भने जति ठट्टा गरेनि हास्दिन भन्या तर फेरि कतिबेलै रिसाउन्न फेरि भाउन्न हुने कुराभन्दा बाहेक ।

बु…ढा भन्छे २ मिनेट पछि कति राम्रो शब्द उस्ले भन्दा, मनमनै म पनि रावणको वायुपँखीमा उडे जस्तै हुन्छ अनि कहाँ हराको हजुर भनेर नारीको असली रुप झल्काउँछे । अरे म कहाँ हराउँछु तँलाई थाहा छैन हे हे हे मेरो चुण्टी पखन तँलाई एक पटक भेटन मात्र त पाउँ चिरीप्प पारेर छोड्दै छोड्थिन के गर्नु रभन्दा पाखै हल्लिने गरी हाँसि शायद यो खुशी मेरो जीवनमा यसरी नै छाइरहोस भन्ने कामना पनि गरेँ । अनि पुरानो गीत सुनाएर ठट्टा गरेँ ।

तिम्रो बाउलाई सलाम छ आमालाई नमस्ते अरुलाई सोध्या छ भन्दिनु हे हे हे … ।

साँच्चै तिमी कस्तो भाछौ आइ रियल्ली मिस यु यार काली तर समयसँग को सक्छ र जित्न । मलाई नसुनाउनुस यो कुरा हजुरको पर्खाइले मेरो सबै दिनचर्या समेत खलबल भएको छ तैपनि यसलाई मैले मिलाएर हिँडेकै छु । म त बढेकी छोरी हुँ, घरमा कुरा चलाइरहन्छन, तर मैले अँझै चार पाँच वर्ष त कुरै नगर्नुस भनेर टार्दै आएकी छु तर मनमा कता कता डर त लाइहाल्छ नि हजुर तैपनि हजुरको पढाइ नसकिउञ्जेल म यताको सबै चाँजो पाँजो मिलाउँछु चिन्ता लिनु पर्देन भनेर मलाई समेत अभिभावकत्व दिन्थी । अनि म फोन राख्छु है आफ्नो स्वास्थ्यको ख्याल गर्नु भन्दै मेरा श्रवणबाट टाढा भई ।

एष्ट्रेमा आधि भएको सिगरेटबाट पुत्पुताउदै गरेको धुवाँको बयेली मेरै नाकमा ठोक्किँदै थियो अनि एउटा लाआआमो सर्को तानेर ठोसिदिएँ । अब त वाइन पनि झन निस्तै भयो अनि वेटरलाई थप स्न्याक्सको लागि फेरि अह्राएँ । मैले सभ्यतासँग रक्सी सिगरेट केही पनि खान्न, बोतलको त कोल्ड डिँक्स त के पानी पनि खान डर लाग्छ भनेर ढाँटेको थिएँ । तर शायद उसैको अभाव पुरा गर्न म झन लीन थिएँ तलतल भएर होइन कि अभाव मेटाउन मात्र हो भन्ने पनि मलाई विश्वास थियो ।

शायद मैले तिमी जस्तो खुलेर कुरा गर्ने साथी नै पाएको छैन, रियल्ली मिस यु यार, भन्दै रिप्लाई दिई केही समय पछि । माने अचेलको जमाना हल्का फुल्का भइसकेको छ र केटीहरू अँझै खुला भएका छन, मैले बचाएर राखेको आप्नो नेपाली सभ्यता अनि सँस्कारलाई अहिलेको पुस्ताले मर्लक्कै भुलेको छ । अनि म कसरी तिमीलाई साथ सक्छु र अहिले म त नेपालमा छु तिमी सिड्नीमा छौ शायद एकै ठाउँमा भएको भए भन्दै मेरो रिप्लाइदिएँ । शायद निशान म यत्रो शहरमा एक्लै भएकी छु, शायद साथ दिने साथीहरू पनि छैनन, सबै एक क्षणको स्वार्थ मात्र हेर्छन, न मन पर्ने कुरा गर्छन, न चित्त बुझ्ने व्यवहार गर्छन, आजित भइसकेँ जीवन देखि ।

किशोरले फोन गरेको रहेछ, रिसिभ गरेँ सरी दाइ म त मेरो बाइक बनाउन दिएको केही समय लाग्यो के गरौँ दाजु आइ एम रियल्ली सरी दाइ के म आउँ सरासर आए पनि आधा घण्टा जति लाग्ला म के गरु दाइ आज्ञा होस भन्दै थियो भैगो किशोर ठिकै छ नि तिमी आज नआऊ अबेला राती हुन्छ, घर जाऊ आराम गर अर्को दिन बसौँला नि के भयो र सरी भन्नु पर्देन नि यस्तो त भैहाल्छ नि कहिलेकाहीं भनेर उस्को बोझलाई हल्का तुल्याएँ ।

बरु दाइ मैले भनेकी त्यो केटी पनि आज त्यहीँ आएको हुनु पर्छ उसलाई चिन्नलाई उस्को गलामा डायमण्डको सिक्रिमा गौतम बुद्धको आकृतिको मणिको लकेट छ पिँक कलरको शायद तपाईंलाई चिन्न सजिलो होला । अनि तिम्रो पैत्रिक सम्पत्तिमा मैले कुरा गर्नु र हेहेहेहे भन्दै थिएँ । कुरा गर्न पनि के को सम्पत्ति हो र मेरो पनि के हो र दाजु एक पटक कुरा गरी त हेर्नुस अनि मलाई भन्नु होला । ए हो गरौँ त कुरा हेरौँ प्रयास गर्छु उस्को फेसबुक आइ डि छ कि छैनभन्दा छ Pink Sareenमा सर्च गर्नुस अनि पिँक कलरको लकेट अनि ग्रिन सर्टमा देखि हाल्नुहुन्छ नि अनि सुन्नु टाइमलाइन को कभर पेजमा यही केरिज कटेजको सन सेटको फोटो छ ।

नभन्दै मैले पनि उस्को नाममा फ्रेण्डसिप रिक्वेस्ट पठाएँ अनि उत्तिखेरै एसेप्ट भएर आइहाल्यो । आउन नपाउँदै … “हाइ गाइज हाउ यू मिट मि” अनि मैले एनी प्रोब्लम भनेर उस्लाई उत्तर दिएँ ।

“नो नो प्लीज डन्ट वोरी डियर निशान ह्वेर आर यू ?”

मैले पनि “वीथ यू हा हा हा” भन्ने रिप्लाई पठाएँ ।

“नो नट इट इज नट पोशिवल हा हा एनी वे यू आर सो स्वीट एण्ड योङ्ग फनी स्मार्ट पर्सन आइ लाइक यू, आई एक्सपेक्ट टु मिट वीद यू ।”

साँच्चै हो भेट्ने दम छ हा हा हा भनी दिएँ ला जे सुकै होला भनेर अनि उताबाट अर्को च्याट म्यासेज आयो पहिले भन्नुस तपाई कहाँ हुनुहुन्छ म त्यहीँ आइपुग्छु को जवाफमा मैले हेहे द लाष्ट सिट टु द लेफ्ट कर्नर, अ सिँगल पर्सन वीथ ह्वाइट ल्यापटप हा हा हा त्यस्को रिप्लाइमा वाआआऊ आइ वील बी दियर प्लीज थ्याँक्स ।

ल्यापटप लिएर वेटर आयो अनि टक टक टक आवाज पनि उदाउदो आवाजमा मतिर आयो अनि रोकियो म पनि रोकिएँ उस्को पहिलो रिसिप्सन कस्तो हुँदो रैछ भनेर । एक्स्क्युज मी निशानजी भन्दै पछिबाट आएको आवाजलाई मैले पनि जुरुक्क उठेर नो थ्याँकस यू आर हर्टली वेलकम हियर प्लीज हेभ सिट भनेर अँग्रेजीमै बस्न इशारा गरेँ । मेरो अपोजिट साइडमा बसेर मतिर टोलाउन थाली लाग्थ्यो उस्को र मेरो सम्बन्ध पहिले देखि नै थियो ।

“निशानजी अरु केही थप्नुहुन्छ मेरो तर्फबाट, नयाँ साथी भेटिएको खुशियालीमा ?”

होइन नो थ्याँक्स् सरीन, मलाई पनि घर जानु पर्छ आराम गरेर फेरि भोलिका लागि रिफ्रेस हुनु परेन बरु यहाँको केही बाँकी भएको भए म साथ दिउँला नि आज नयाँ साथीसँग भेट भएको छ सरीन, शायद फेसबुकमा भेट भएको एक मिनेटमै भौतिक रुपमा भेट हुने शायद हामी नै पहिलो होला है सरिन् ।

तपाईँ एकदम ह्याण्डसम पुरुष मान्छे म अहिलेसम्म देखेको थिइन अनि तपाईको म्यारिज भयो भन्ने सरीनको च्याट बक्समा आयो अरे सरिन के हो मसँग आमने सामने गर्ने हिम्मत छैन कि क्याहो दम त अहिल्यै झरिसक्यो क्या हो सरीन हा हा हा मैले पनि रिप्लाइदिएँ नाउ आइ एम वीथ यू नीयर बाई अ फिट डिस्टान्स, नाउ इट्स टाइम्स टु स्लीपी बाई सी यू एगेन गुड नाइट सरिन नाइस टु मिट यू बाई भनेर फेसबुक लग अफ गरेँ उस्ले टाइप गर्न लागेको प्रष्टै देखिएको भए पनि मैले डिस्कनेक्ट गर्न हतार गरेँ ।

बब्बाल मान्छे यार निशानजी अफ् भैदिएको यत्ति छिट्टै, क्या बोर गराइदिनु भयो नि भन्दै चाम्रिँदै थिई । ठ्याक्कै किशोरले बर्णन गरे जस्तै पहिरनमा सजिएकी थिई तर आज उस्को ओठमा लिपिष्टिक भने थिएन । स्ट्रेट गरेको कपाल माथि घरी घरि तल झर्ने गगल्स लगाएकी, कपडा पनि साँघुरा लगाएर त्यस्तै उत्तेजक मुडमा थिई । मलाई अडिनु पनि थियो अनि ऊ भित्र भएको चिसोको रहस्य पत्ता लगाउनु थियो ।

फेसबुकमै कुरा गरेर हुने भए उताबाटै च्याटिङ्ग गरेको भए भइहाल्थ्यो नि, यसो कुराकानी गर्ने भलाकुसारी गर्ने चिनाजानी गर्ने सञ्चोबिसञ्चो सोध्ने खोई मैले भनेँ

मैले हजुरलाई जुन रुपमा सोचेको थिएँ तपाईँ निकै फरक हुनु हुँदो रहेछ भौतिक रुपमा पनि प्रोफाइलमा पनि । अनि यो सभ्यता हजुरको जीवन साथी एक दम राम्रो लाग्यो मलाई, तपाईं आफ्नो अडानमा अनि मायामा प्रष्ट हुनुहुन्छ भन्ने थाहा भयो । अनि फेरि बिभिन्न सुन्दर केटीहरूका फोटाहरूको कलेक्शन किन नि सभ्यताले गाली गर्दिनन पख्नुस न म भन्दिन्छु सभ्यतालाई । यता म पट्टि आउनुस यो के नि फेरि सपना रे रुमानी रे अनि अर्को कथामा बोच रसीयन केटी समुद्रको किनार रे के के सोच्न सक्नुहुन्छ तपाई, झन कन्फ्युज बनाउनु भयो मलाई हजुरले म के सोचुँ ।

हेर हेर यो सरिन तिमी त साँच्चे लाटी रैछौ यार के भनेको सभ्यतालाई सबै कुरा थाहा छ उस्लाई म प्रति विश्वास छ मलाई उस प्रति विश्वास छ नत्र त दुई जनाको मात्र सँसार हुन पर्यो नि । के भनेको नत्र तिमीसँग पनि म नबोलुँ यो त मानवीय सम्बन्धको विशेषता हो सरिन तिमी शायद अँझै आधुनिक केटी देखिन्छ्यौ खै कुरा बुझेको । तिम्रो सोच्ने कुरामा मैले लगाम लगाउन मिल्दैन नि मलाई राम्रो नराम्रो दुवै जे पनि सोच्न सक्छौ । यो तिम्रो स्वन्त्रता हो । हुन त तिमी देखिन्छौ पनि त्यस्तै शायद चाहिनेभन्दा बढी स्वतन्त्र छौ । तर सरिन म तिमीलाई तिम्रो साथीको नाताले भन्छु स्वतन्त्र हुन सोच स्वतन्त्र हुनु पर्दछ मन भरी बाँधिएर नाँगै हिडेर पनि कोही स्वतन्त्र हुँदैन । बिचार अनि दृष्टिकोण स्वतन्त्र भयो भने बल्ल सार्थक स्वन्त्रता मिल्दछ नपत्याए मलाई हेरन ।

ऊ बोल्नै सकिन र मेरो काखमा हाम फालेर रुन थाली मलाई झन उखुम हुन थाल्यो तर मेरो मनले समयलाई पर्खन आदेश दियो यसलाई यस्ले रुन सके जनि रुन देउ, आँखाबाट आँशु बाहिर जानु भनेको पनि जीवनको एउटा उपचार हो । कोही मान्छे रुन नपाएर आँशु पोख्न नपाएर बिरामी हुन्छन । बास्तवमा धित खोलेर हाँस्ने र डाँको छोडेर रुने मानिसको मनको मैलो अनि अल्झिएको खुशी दुवै बाहिर आउँछ अनि मानिस शायद नयाँ परिस्थितिमा पनि पुग्न सक्छ जे होस मनोबैज्ञानिक रुपमा एउटा उपचार नै हो भन्छु म । शायद जीवनमा धेरै दुखहरू रुन नपाएर धेरै समयसम्म बल्झिरहे । यसलाई पनि म रुन दिन्छु अनि यस भित्रको चिसो बाहिर निकाल्छु ।

शायद निशानजी जीवनमा पहिलो पटक यसरी रुन पाएँ त्यही पनि हजुरको काखमा, मलाई थाहा छैन म यो गल्ती वा सही के गर्दै छु तर मैले ममा भएको वर्षौदेखिको बल्झिएको दुखको गाँठो फुकाउन सफल भएको छु । मैले हजुरको अन्य केही कुराको अपेक्षा गरेको होइन निशानजी मैले मेरो जीवनमा एउटा छायाँ खोजेको हुँ साँच्चै म हजुरको कटाको पात्र बोचको स्थितिमा पुगेको छु, जीवनमा पहिलो पटक प्रभाव पार्ने पुरुष तपाईं नै हो र पनि मेरो हजुर प्रति कुनै गुनासो छैन । एउटा साथीको नाता रहिरहोस मसँग कस्तो बेलामा मलाई हजुरले फ्रेण्डसीप एड गर्नुभयो मैले एसेप्ट गरेँ अनि हाम्रो भेट भयो धन्य छ मेरो भगवान !

लौ लौ त्यत्रो पगरी नगुथाउ है फेरि मलाई एक छिनमा मानिस कहाँ चिनिन्छ र सरिन मैले तिमीलाई बास्तविकता पो भनेको हो, तर एउटा कुरा केहो भने अत्याधिक खुशी वा रुवाई परिवर्तनका सँकेत हुन शायद तिमीमा पनि केही परिवर्तन हुनु भएको हुनु पर्दछ । म तिमी परिवर्तन भएको हेर्न चाहन्छु, तिम्रो घरजम भएको सानो परिवार सुखी परिवार भएको देख्न चाहन्छु सरिन रियल्ली । तर मलाई यो काममा तिम्रो साथ चाहिन्छ अनि समर्थन चाहिन्छ । तर तिमी यत्ति छिट्टै हाम फालेर रोइहालौला भन्ने चाहिँ सोचेकै थिइन मैले ।

शायद तपाईँसँग नभेटेको भए म कहिल्यै यसरी रुन पाउन्नथे होला, यो मेरो अवसर अनि भाग्य पनि दुवै हो ।

उस्को फोनमा कल आइरहेको थियो किशोरको नम्बरलाई उस्ले एक नम्बर फन्टुस भनेर सेभ गरेकिरहिछ, कौतुहलता जाग्यो कसरी बोल्दिरहिछ, भाइ किशोरसँग भनेर । म आज अलि ब्यस्त छु फन्टुस मान्छे तर तपाईले मसँग भनेको कुराहरूको अर्थ बल्ल थाहा भएको छ मलाई शायद आजको दिन मेरो लागि कोशेढुँगा सावित भएको छ बाँकी कुरा पछि गरौँला बाइ भनेर राखी दिई ।

कोसँग कुरा गरेको नाम पनि कस्तो एक नम्बर फन्टुस तिमीलाई धेरै नै हैरान पार्छ कि क्या होभन्दा हैन निशानजी म घमण्डी मान्छे नाम नसोधेर जहिले पनि फण्टुस भन्थे तर आज थाहा भयो को फण्टुस रहेछ भनेर भनेर मलाई नशालु कर्के नजरले हेरी लाग्थ्यो म उस्कै पोइ हुँ जस्तो गरी ।

http://manko-chhaya.blogspot.co.uk/2012/03/blog-post.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *