Skip to content

संविधान, तँ ज्यानमारा


संविधान, तँ ज्यानमारा

तँ धोकेवाज
तँ ढोंगी
तेरो चपाउने र देखाउने
छुट्टै बंगारा
तँ ज्यानमारा

तँ, सपनाहरूको हत्यारा
सबैलाई खुशी पार्न नसक्ने, हुतिहारा
जवाफदेही हुन नसक्ने, आवारा
तँ राक्षस
तँलाई रगत पिऊनु पर्ने
तलाई वली दिनुपर्ने
तँलाई घर जलाएर सेकिनुपर्ने
तँ भाइमारा
तँ ज्यानमारा

तँ अरुले उचालेको भरमा उचालिने
थेचारेको भरमा थेचारिने
तँ, बलियाहरूको इसारामा नाच्ने
तँ, वोलवालाहरूसँग लस्पसिने
तँ, चरित्रहिन वेश्या
तँ, खोसेर खाने
तँ, लुटेर लाने
तँ, भातमारा
आफू आफूमा लडाउने
घर फुटाउने, दुनिया हसाउने
तँ, अलक्षिनी
तँ, कुवेलामा, कुठांऊमा उम्रेको दाह्रा

त हुंदा पनि नहुने
नहुंदा पनि नहुने
देखाबटी, हाऊगुजी
तँ, बोलेर बिर्सिने असुद्धी
तँ, वाचा पुरा नगर्ने नामर्द
तँ, ठूलो सपना देखाउने
काल पल्काउने
डडेलो सल्काउने
तँ, वेसहारा नेताहरूको नारा
तँ, कामनलाग्ने
वन सिद्धाउने वनमारा
मनमारा

संविधान, तँ ज्यानमारा
तँ, हत्यारा

Leave a Reply

Your email address will not be published. Required fields are marked *