Skip to content

ब्यस्त हुनु, खुसी हुनु


ब्यस्त हुनु, खुसी हुनु, हाँस्नु अनि हँसाउनु;
स्वार्थ आफ्नो पुरा गर्नु, छोटो बाटो समाउनु

बिर्सी दिनु, यावत कुरा, आजैदेखि अतितका;
सूर्यास्तको बेला पनि, तिमी चाहि उदाउनु

देखाउन अरुलाई, झार्दै आँसु गोही सरी;
सोचे जस्तो भएकै छ, भित्र-भित्रै रमाउनु

बन्न पुगे कुनै बेला, सारै चिसो परिस्थिति;
सल्काएर अरुलाई, आफैलाई तताउनु

जाल फाल्नु अनि गर्नु, मिठा तथा झुठा कुरा;
सोझो व्यक्ति पायौ भने, अँझै पनि फसाँउनु

शुभेच्छा छ तिमीलाई, तिम्ले सोचे सरी पुगोस;
धनै खानु, धनै पिउनु, धनै ओढि निदाउनु

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

1 thought on “ब्यस्त हुनु, खुसी हुनु”

  1. सटिक प्रहार ! अति मीठो गजल ।
    सटिक प्रहार ! अति मीठो गजल । यस्तै यस्तै गजलहरु पढिरहन पाइयोस्, गजलकारलाई धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *