Skip to content

आन्दोलन-३ (लघुकथा)


सूर्योदयसँगै भीड सडकमा उभियो ।

सडक जाम भयो । साम्प्रदायिक सम्बन्ध खलबलिने नारा लाग्यो । भिन्न सम्प्रदायका लागि होटल-पसल बन्द भए । लघुकथा सडकमा आयो । सडक छाड्न चेतावनी दियो । उल्टै चर्का नारा सुनिए । शान्ति बेहोस भयो ।

हवाइ फायर गरियो । भीड लुक्यो । र; भूमिगत शैलीमा ढुङ्गा-मुढाको वर्षा सुरुआत भयो । उत्ताउला केहीबाट जवाफी वर्षा पनि गरियो ।

भीड कर्म फेरियो । सुरक्षा बिट बल्न थाल्यो । धुवाँले आकास अँध्यारियो । सुरक्षा अग्निदमनमा अल्झियो ।

समय घुम्दै थियो । एक्कासि सुरक्षा चौकीमै गोली प्रहार सुरु भयो । जवाफी फाइरिङमा परी एक केराखेती कृषकले सडकलाई अङ्गालो हाल्यो ।

बाँकीले सुइकुच्चा ठोके ।

-नन्दलाल आचार्य
-2072/05/01

Leave a Reply

Your email address will not be published. Required fields are marked *