ओई मोदी दाइ !
तिमीले नेपाल आउँदा
गरेका कुराहरू खै ?
तिमी आउँदा
नेपाल असल, सच्चा मित्र भन्दै खोक्यौ
हाम्रो मन जित्नलाई
नेपालीमा पनि भाषण ठोक्यौ
के के न देउला भन्दै
पशुपतिनाथलाई पनि ढोक्यौ
आज हाम्रो खुशीमा
किन यसरी नमिठो तितो पोख्यौ ?
नेपालको ममिला नेपालीले मिलाउने भन्थ्यौ
आज हाम्रो खुशीमा त
सार्है बिखुसी पो देखियौ
टवीटर पनि पढछौ होला नि
हेर त यती चाडै नेपालीको दिलमा
कसरी तिमी लेखियौ !!
हामी पनि बुझ्दैछौ
तिम्रो देखाउने दात कस्तो रहेछ
लुकाएको आत कस्तो रहेछ
हरेक देशमा जादा
फकाउने बात कस्तो रहेछ
कति वर्ष लट्केको संविधान
बल्ल बल्ल बनान्यौं
शान्ति होला भनी
खुशियाली पनि मनायांै
उत्तरको छेमिक हामीसँगै रमाउदा
तिम्रो मन किन रोइराछ
नब्बे प्रतिशतले दिएको मतलाई
तिमीलाई किन यस्तो भैंइेराछ ?
आफूलाई बडे भाइ ठाने पनि
हामीलाई कसैको दास नसम्झ
यो देश हाम्रो हो, यो भूमि हाम्रै हो
तिमीले कुनै खास नसम्झ
हामीले बालेको आगो हामी नै निभाउछौ
तिमी किन बतास भाको
बिस्तारै आगो निभ्दैथ्यो
तिमी किन हतास भाको ?
सक्छौ भने हामीसँग
तिमी पनि खुशी साट
तर हरेक दिन कुरा बदलेर
हामीलाई न ढाट
लोकतन्त्र देश भएर
अर्को लोकतन्त्रलाई नाकाबन्दको कुरा नगर
मनमोहन र सोनियाले पनि नगरेको
सीमा बन्दको दुसाहास पुरा नगर
नत्र भनी देऊ तिमी
लोकतन्त्रवादी हौ कि ठोकतन्त्रवादी हौ
झोकतन्त्रवादी हौ कि जोकतन्त्रवादी हौ ?
प्रेम ओली
