Skip to content

अब उत्तरका नाका खोलाऊ


बोल लिखुरे नेता अब बोल
यही हो हाम्रो मौका पनि
अब उत्तरका नाकाहरू खोल ।

तराईका डोजरहरू
गाउँका ट्रयाक्टरहरू
सबै उत्तरतिर चलाऊ
रातदिन पहाड खनेर
अब उत्तरका नाकाहरू खोलाऊ ।

पदको लागि तिमी
कसैको कुकुर बन्नु हुन्न
सधै आप्mनो स्वार्थ हेर्नेलाई
अब मित्र भन्नु हुन्न
बृटिस गरिदिएका थोत्रा सन्धिपत्र
अब सबै जलाऊ
हाम्रो लागि यो अब्सर पनि
अब उत्तरका नाकाहरू खोलाऊ ।

जनताहरूलाई बोलाऊ
नेताहरूलाई बोलाऊ
राष्ट्र सेवकहरूलाई बोलाऊ
कमिला जस्तै लागेर
माहुरी जस्तै जागेर
रातारात उत्तरको नाका खुलाऊ ।

कुनै लालचमा नपरेर
अब दक्षिणलाई नढोक
फेरि उसको जालमा परेर
अब उस्लाई सलाम नठोक
रातारात पहाड छेडेर
अब उस्लाई चक्मा दिनुपर्छ
राष्ट्रको लागि लड्नेलाई तक्मा दिनुपर्छ
देश टुक्राउन खोज्ने विभिषणहरूलाई
बरु वार्तामा नबोलाऊ
यो एउटा मौका पनि हो
अब जसरी हुन्छ
उत्तरका नाकाहरू खेलाऊ ।

प्रेम ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *