Skip to content

सोच्दैछु म फेरि


सोच्दैछु म फेरि यहाँ, दरबारको खाँचो पर्यो
कि एउटा देश हाँक्ने, इमान्दारको खाँचो पर्यो

छिमेकीले हिजोआज, बिनाकारण निहुँ खोज्दा
लाग्छ अब कलम हैन, तरबारको खाँचो पर्यो

पराईकै इसारामा, आफ्नै भाइ काट्नेलाई
आजीवन थुन्न एउटा, कारागारको खाँचो पर्यो

पँधेरो चैं आफ्नो तर, खटन् उस्कै भए पछि
अब उस्को मेरो साँधमा, काँडेतारको खाँचो पर्यो

स्वर्ग जस्तै मातृभूमि, रक्षा गर्न फेरि अर्को
बलभद्रहरू जस्तै, दुईचारको खाँचो पर्यो

वसन्त दहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *