Skip to content

तीन मुक्तक (दशैं विशेष)


माग्नेको गुन्द्री जत्रो देशमा चाड पर्वको ताँती छ
महँगी र अभाव सगरमाथाभन्दा धेरै माथि छ
सधैंको मिष्ठान्न भोजन छ हुने खानेहरूलाई
हुँदा खानेहरूलाई दशैं तिहार नाअएकै जाति छ

सामन्ती राज्यमा न्यायको लागि मतदान हुँदैन
युद्धमा हार्ने हरूवाहरूको कुनै इतिहास हुँदैन
हाम्रा अमूल्य निधि हुन् संस्कार र संस्कृतिहरू
यी दुवै नहुने बुङ्गाहरूको कुनै पहिचान हुँदैन

मान्छे निराशावादी भए जोगी हुन सक्छ
कर्म योगी भए भुक्त भोगी हुन सक्छ
जो मान्छेले दशैं जस्तो चाड मान्दैन
त्यो अवश्य मस्तिष्क रोगी हुन सक्छ ।

(ईद क्रिसमस टोहोंते फागी छात ल्होछार पनि आ आफ्नो सम्प्रदायमा दशैंकै महत्व राख्दछ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *