एक
तिमी जस्ती कन्या पाए घर बार बन्न सक्छ
तिम्रै मनको मझेरीमा दरबार बन्न सक्छ
आपसी विश्वासको खडेरीमा हाम्रो सम्बन्ध
एक अर्कालाई सिध्याउने तरवार बन्न सक्छ ।
दुई
अँझै पनि उमङ्ग बोकेर मनको देउराली सजिलै उक्लन्छु
रहरका बालीहरूमा साँढे बनेर सजिलै डुक्रन्छु
डांडा माथिको घाम भने पनि पत्यार लाग्दैन मलाई
नातिना र युवतीहरूले हजुर बा भन्यो भने झसँग झस्कन्छु ।
