Skip to content

दु:ख चिन्तामा परेकाछौ


दु:ख चिन्तामा परेकाछौ, हामीलाई हाँस्न देऊ
केही त अब गर सरकार, खुसीहरू साट्न देऊ

बरु हामी पानी मात्र खान्छौ, डटेर लड्छौ आफै
औषधीमा अभाव नदेउ, जनतालाई बाँच्न देऊ

परनिर्भर हुँदाको यो, सास्ती सबैले खेप्नु पर्यो
फर्क स्वदेश दाजु भाइ, माटोमा नाता गास्न देऊ

आफै गरौ आफ्नो लागि, अरुको भर नपरौ है
नसहु कसैको अत्याचार, अन्यायलाई भास्न देऊ

केही दु:ख तिम्रो देउ, केही खुशी मेरो लैजाऊ
जे जति छन् आफू सँग, सबै सामु बाँड्न देऊ

रन्जना न्यौपाने
चरिकोट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *