हेरन, आज आउदा आउदै ढिलो भयो ! कति ढिलो हो त नि ?? बल्ल यसबेला पुगेको ? हो त गाडीको जाम अनि प्राइवेट जागिर ! भर्खर घर आएर लग इन गरेको ! के गर्दै नि तिमि ? म समाचार सुनीरा ! अनि अघि फोन गर्दा किन न उठाको नि कत्तिन व्यस्त मान्छे जस्तो के नाटक पनि ? किन भन्नु ,मलाइ मान्छेको भिडमा लाज लाग्छ नि कुरा गर्न ! त्यो पनि फेरी केटी मान्छे संग ! अनि किन सुनेको त समाचार ? मेरो खबर त आउने गरको छैन समाचारमा !कि आउछ आजकाल ? मैले जिस्क्यौंदै भने ! पर्या छैन त्यस्ता बेवारिशे मान्छेको समाचार सुन्न ! कत्तिन हजुरको ख्याल गर्ने मान्छे भन्ठानेको होला ! गर्दिन म त कसैको ख्याल स्याल आजकाल ! अलि रिसायेझई गरि भनि उसले ! अनि आज अचानक समाचारतिर गएछौ त ! सुन्न मन लाग्यो नि देशको बारेमा ! यहाँ देशको छ चिन्ता ,तिमि माया माया भन्छौ ! है ?? मैले हास्दै भनें ! अनि उसले पनि हास्दै भनि ,”मायाको चिन्ता गरेर केहि नहुने भयो अब बरु देशको गरे केहि हुन्थ्यो कि ! लामो स्वास फेर्दै भनि उसले !
किन के गर्यो र मायाले ? अब जानेर नि अन्जान नबन्नुस न ! बुझी बुझी बुझ पचाउनेहरुसंग मलाइ सार्है रिस उठ्छ ! कति आउछ यो मान्छेलाइ नाटक गर्न ! हो र ??मैले हाँस्दै भनें ! किन र फेरी तिम्लाई पहिलो प्रेमको याद आयो हो ? हैन,भुलीसके अब त्यो मान्छे अनि ति यादहरुलाइ ! म बर्तमानको कुरा गर्दै छु ! बिगतलाई सम्झेर केहि फाइदा छैन ! त्यो त हो ! अनि भन न त के गर्यो त्यो बर्तमानले ? हजुरलाई जहिलेनी जोक मात्र गर्न आउछ है ?? कहिले सिरियस हुनुहुन्न के हजुर !ऊ केहि बोलिन एकछिन ! के हो काली त फेरी रिसाई कि क्या हो ?? हो नि ,उसको उत्तर आयो ! रिसाएर के गर्छु त ?तिम्लाई थाहा छ नि मलाइ फकाउन आउदैन भनेर ! अनि फकाउन नआउने मान्छेले किन रिस उठाउनु त ? म केहि जान्दिन ,मलाइ अब फकाउन पर्यो खुरुक्क !
उसलाई राम्ररी थाहा छ मलाइ फकाउन आउदैन भनेर तर पनि ऊ जानी जानी मलाइ फकाउनको लागि भन्थी ! अनि म पनि सकी नसकी उसलाई फकाएको जस्तै गर्थें ! आजकाल ऊ अलि बद्लियेकी थिई ! खै किन अनि कसको लागि ,त्यो त मैले पनि सोध्न भ्याएको थिइन ! तर पहिले को ऊ र अहिलेको ऊ मा आकाश पातालको अन्तर थियो ! त्यो सुरु सुरुको दिन समझदा अहिले पनि मलाइ रमाइलो लग्छ ! उसलाई भेटेको दिन अझै सम्झिन्छु म कहिले काही ! उसलाई भेटेको दिन, ! २०७१ साल माघ महिना अनि बुधबारको दिन ! दिन भन्दा पनि रात भनु रातको लगभग ११ १२ बजे ! मेरो हातमा घडी नहुने भएकोले ठ्याक्कै समय त भन्न सक्दिन ! तर त्यस्तै हो लगभग ११ १२ बजे ! म सुत्ने तरखर गर्दै थिए ! अनि फेरी सुत्नेबेला एकपटक च्याट रुमको दर्शन गर्न फेरी लग इन गरेको थिएँ ! अनि तल देखि माथि सम्म सर्र माउसको चक्का घुमाउदै थिएँ ! एउटा नाम आशा ,आशा देखें ,फेदमा ! नबोली अनि चुपचाप बसिरहेको ! अनि त्यसको स्टाटस हेरें ! लगभग २० मिनेट देखि आइडल बसेको देखायो ! अनि केहि नसोची म्यासेज पठाएँ !
किन उदास ?? उदास रे ? छैन म उदास सुदास ! किन नहुनु , अनि उदास नभए किन च्याट रुममा आएर पनि नबोलेकी त ? मन लागेन त्यसैले बोलिन ! किन लाग्दैन त मन ? कि अरुसंगै गएर हो ??हुनसक्छ ! अनि मैले सोधें ,त्यसोभए प्रेमको समस्या ?? ऊ केहि बोलिन ! के सोच्न थालेउ हँ फेरी ? एकछिन सम्म केहि बोलिन ! अनि मैले फेरी हाँस्दै सोधें ! म अन्जान अनि अपरिचित मान्छे ,केहि हुन्न मलाई भनेर ! फेरी पनि केहि बोलिन ऊ ! म निरन्तर प्रश्नको बर्षा गरिरहेको थिएँ ! ऊ चुपचाप नबोली नबोली मलाई इग्नोर गरिरहेकी थिई !
ठिक छ नबोल ! मनको कुरा त बाँड्यो भनेन हल्का हुन्छ मन ! यसरी मनमा भित्र भित्रै गुम्स्याएर के फाइदा ?? अन्जान मान्छे संग त साट्न सक्दिनौ मनको कुरा भने को संग साटछौ त ? सोच अनि एक्लै सोची सोची रात कटाउ ! म जान्छु ! अलि घुर्की लगाएझैं मैले भनेसी बल्ल ऊ बोलि ! त्यस्तो हैन ! मनको कुरा हो कसरि सुनाउ त अन्जान मान्छे !
त्यसोभए पहिले चिनजान गरम न त ! हुदैन ? एकछिन पछि उसले भनि ! मलाई डर लाग्छ ,मान्छेहरु देखि ,अनि बिशेष केटा मान्छेहरुदेखि ! किन नि त्यस्तो ?
त्यसै ! कारण छ ! भन न त ! भन्दिन ! हजुरलाई चिनेको छैन त्यसैले मात्र भनेको हुँ ! अनि चिनजान गरेसी फेरी मेरो मनको कुरा भनेको केहि अर्थ हुन्न ! त्यसैले नगरम होला चिनजान ! येतिकै बोलम न ! अन्जान अनि अपरिचित भएर नै !
हुदैन ,मलाइ अलि रमाइलो लाग्दैन कसैसंग सधै अपरिचित भैरहन अनि कुराकानी गर्न ! त्यसोभए म दुइटा बिकल्प दिन्छु ! हजुरलाई के चाहिन्छ एउटा रोझ्नुस ? मेरो परिचय कि मनको कुरा ? कुनै एउटा मात्र रोज्न पाउनुहुन्छ ! अनि मैले रत्तिभर पनि नसोची परिचय ! तिम्रो परिचय ! त्यसो भए अब मेरो मनको कुरा केहि भन्दिन हजुरलाई ! ठिक छ नि ! परिचय अनि सम्बाद पछि त मनको कुरा अवस्य पनि आफै आगाडी आइहाल्छ नि ! के लाग्छ तिम्लाई ??
खै ,म आज मात्र त हो आको यहाँ ! साथीले कर गरेर मात्र हो ! भोलिबाट न आउनपनि सक्छु ! ठिक छ नि त्यो त तिम्रो कुरा हो ! अनि भाग्य अनि समयको कुरा हो ,ति सबै समयलाई अनि भाग्यलाइ छाड ! ऐलेलाइ यत्ति भन तिम्रो नाम के हो ??
आशा ,आशा नै हो ?? अनि थर नि ?हो ,थर चाही रेग्मी ! ए बाहुनी रैछौ !
अनि हजुरको ? मेरो आयुष ! आयुष आचार्य !
…………………क्रमश
