एक)
छरिएका मनहरू संगाल्नु पर्छ देशका लागि
चिसिएको रगत उमाल्नु पर्छ देशका लागि
साह्रै नै हेप्यो हेप्न पनि नाथे छिमेकीले
राष्ट्रिय झन्डा उचाल्नु पर्छ देशका लागि
दुई)
तिमीले बजाएकै धूनमा पाइला चाल्नु पर्छ भन्ने छैन
तिमीले भत्काएको परिस्थिति मैले सम्हाल्न पर्छ भन्ने छैन
म आफ्नै अन्तरात्माको आवाज सुन्छु महाशय
तिम्रो सिध्दान्त मैले हुबहु अंगाल्नु पर्छ भन्ने छैन ।
