Skip to content

बाँचुजेल जिन्दगीको


बाँचुजेल जिन्दगीको आश थियौ तिमी
हृदयमा धड्किरहने सास थियौ तिमी

छुट्नूनै थियौ भने किन रोज्यौ मेरो साथ
मेरो भोक मेटाउने गाँस थियौ तिमी

सीमान्तकृत क्षेत्रभित्र कैद हुँदा मेरो प्रेम
शरीरको हर अंगमा मेरो बास थियौं तिमी

क्षितिजपारि तिमीआज भएपनि मबाट
मेरो निम्ति जीवनभर खास थियौ तिमी

गुलाबजस्तो जिन्दगी काँडाबीच फुलेको बेला
मेरोअतित बल्झाउने जिउँदो लास थियौ तिमी

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई

2 thoughts on “बाँचुजेल जिन्दगीको”

Leave a Reply

Your email address will not be published. Required fields are marked *