Skip to content

पाँच मुक्तक (न मेरो न त उसको जीत)


एक)

न मेरो न त, उसको जीत भयो
मसँगै आज ऊ, अपरिचित भयो
उसको र मेरो, कस्तो सम्वन्ध यो,
एक्कासि आज, कपोकल्पित भयो

दुई)
आउदैछ ऊ कहीबाट, अलपत्र भएर
सपना सारा उसका, एत्रतत्र भएर
राम्रै थियो ऊ, एकाएक बर्वाद भएछ,
माया, प्रेम यता उता, सर्वत्र भएर

तीन)
उसँगको सहयात्रा, भएरै हो म यस्तो
आफ्नै जिद्दीमा ऊ, गएरै हो म यस्तो
न उसलाई चिने सायद, न उसले मलाई,
उसलाई छोडी एक्लो, रहेरै हो म यस्तो

चार)
मया माया भनी किन, बहुलाँउछौ तिमी,
आजभोलि सपनामै मै, हराँउछौ तिमी
सक्छौ भने आफ्नो बाटो खोजीहाल नत्र,
पागलको संज्ञापाई कहलाउछौ तिमी

पाँच)
छोडी जाने उसको त, रित भयो अरे
हार मेरै उता, उसको जित भयो अरे
नियतिले कस्तो खेल खेलिरह्यो सधै,
माया पनि मेरो त, गीत भयो अरे

प्राविधिक
रेडियो अमरगढी ९७.४ मेघाहर्ज
डडेल्धुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *