साना भाइबैनी हो लेख्ने पढ्ने गर है
हटाएर अन्धकार ज्योतिपुन्ज छर है
लोभ लालच इर्ष्याले डुबाउँछ डर है
देश विकास गर्नुछ तिमी अघि सर है ।।
तिम्रा साना कामले धरती नै चम्किन्छ
नेपाल यो उठेर विकासतर्फ लम्किन्छ
तिमीजस्तै ससाना बुद्ध अनि सीता थे
आज तिन्का महिमा गाउँछ सारा विश्वले ।।
जो जो ठूलाबडा छन् जन्मेका हुन् शिशुमै
पढी गुणी वुद्धिमान् विद्वान बन्नु है
तिम्ले हाँक्दा यो नेपाल गौरवशाली बन्नेछ
त्यति खेर संसारले असल् मान्छे भन्नेछ ।।
फोहोरी छ अहिले यो देशको राजनीति
जताततै यहाँ मौलाउँदो छ छाडा विकृति
विकृति र विसंगति जराबाटै उखेल्नु
स्वर्ग जस्तो देश विश्वमाझ पर्छ बदल्नु ।।
यो देशको अभिभारा काँधमाथि आउनेछ
विकसित नेपाल भै निकास पाउनेछ
राम्रा राम्रा विचार मिल्ने साथीहरू बटुल
काँढा पन्छाएरै टिप्नुपर्छ गुलावको फुल ।।
बालकविता (गीती लयमा)
