Skip to content


हिजोआज यो मन जीवन पिंजडाको चरी सरी छ
खुल्ला आकास उँड्न खोज्छ दुई पखेटा बन्द छ

मेरो यो जिन्दगीमा कहिले आयो रहस्य यो
मेरो यो गोरेटोमा कहिले आयो दोबाटो यो
सोधुँ भन्छु गोरेटोलाई उसकै अनेक कथा
सोधुँ भने बटुवालाई उसका आफ्नै ब्यथा

छोपुँ भने मेरो अतीत सबको सामु खुल्न खोज्छ
खोलुँ भने गिज्याएर म आफैंलाई पिर्न खोज्छ
म सधैं आफैंभित्र हराएर बाँच्न जाने
म सधैं अरूबाट जोगाएर बस्न खोजें

के होला यो चुम्बक जस्तो जता गयो तानिदिन्छ
के होला यो छायाँ जस्तो जता गयो पछ्याइदिन्छ
जति भाग्छ आफैंबाट उति नजिक आउन थाल्छ
जति रोक्छ आफूलाई उति खुल्दुल पाउन लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *