Skip to content


ए दक्षिणी हावा तिमी तुफान आयौ
सारा संसार तिमीले तहनहस बनायो
उत्तर दक्षिणी हावा नमिलेर आज यहाँ
धुलो उडायौ आज यस मानवमा
तिमी भयौ पृथ्वीमा आज किन चकचकी
सारा संसारमा आज किन पार्यौ तिमीले जगजगी
हावाबाट भयौ आज पृथ्वी किन विस्थापित
मनुष्यमा जे होस हावामा यत्रै सित्
हावाले उडायो सारा झार पात आज यहाँ
विचित्र भयो सारा संसारमा
के भो के भो आज भन्न मैले यहाँ सकिन
यो दिन आउँला भनेर सोच्नै मैले सकिन
इन्द्रेणी बस्यो जताततै भाग्दैन कलै
यो संकटकालीन भोग्नुपरिरछ अलै
उत्तर दक्षिण अति मिलेर जाऊ
सारा संसारका मानवमा खुसीयाली मनाऔ
दिउसै रात पर्यो आज हेर किन यहाँ
उज्याले खोज्दै जानु अब हामी कहाँ
ढङ्गा उडायो सारा माटो उडायो यहाँ पनि
फूलको थुङ्गा खस्यो जमिनमा पनि
नभोगाऊ हावा मनुष्यमा कष्ट
उत्तरी हावा किन बसिरछौ मस्त
तिम्रो आँखाँमा त पस्दैन न बालुवा न छारो
पृथ्वीमा बस्छौ आज किन यस्तो तारो
बसेका छौ आज यहाँ किन मस्त ?
यो संकट पार गर आज तिमीले झट्ट
उत्तर कोरिया बनाउछौ आज किन यहाँ
आएछ कि क्याहो आज त्यस्तै दिन
बग्दो छ नदी किन यहाँ हेर उँधै
बसेका छन् धरतीमा मानव किन आज रुँदै ?
आँसु पुछ न हावाँ हो यहाँ आज सबैको
बच्ने मनको भावना उडेर सबै गयो
कति गए मनुष्य आज यहाँ मरेर
बज्र पस्यो मुटुमा गए ती मरेर
नमार आज हावा हो
बाँच्न जिउन देऊ
मनुष्यको सास हावा तिमीले नलिदेऊ
दाल चामल उडायौ आगो पनि उडायौ
पृथ्वीनै सारा संसारमा डुबायौ
सारा उडायौ हावा हो
बल शक्ति छ तिम्रै
के लाग्दो रहेछ यहाँ मनुष्य त खोइ ?

लेख बहादुर कार्की
त्रि.न.पा. १२ उदयपुर

2 thoughts on “उत्तरी र दक्षिणी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *