Skip to content

मैले हिँड्ने बाटोभरि

  • by


मैले हिँड्ने बाटोभरि
हारहरूको लाम थियो

मरी मरी बाँच्नुपर्ने
जीवनको यै नाम थियो

झुक्छ किन श्रद्धाले शिर
सायद यता धाम थियो

सम्झी सम्झी आफैँ रम्छु
कति रसिलो याम थियो

एक्लै तरें जङ्गल जङ्घार
मनमा कतै राम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *