माघ १, २०७२
आरम्भले माघे सङक्रान्ति विशेष पारेर खिचडी कविता गोष्ठी भव्य रुपमा सम्पन्न गरेकोछ ।
प्रमुख अतिथि डा गोविन्द भट्टराई तथा डा तुलसी भट्टराई र चट्याङ मास्टरको विशेष अतिथि सम्पन्न भएको उक्त कविता गोष्ठीमा अधिकांश संस्ठाहरूले नाका बन्दी र प्रधान मन्त्री केपी ओलीमाथि व्यङग्य प्रहार गर्दै आफ्ना रचाना प्रस्तुत गरेका थिए ।
आरम्भका अध्यक्ष व्यङ्ग्य कवि प्रेम ओली ढकलपुरेको अध्यक्षतामा भएको सो कार्यक्रममा चट्याङ मास्टर, राम प्रसाद पन्त, प्रेम ओली ढकलपुरे, मनिराज सिंह, सुमी लोहनी, थरेन्द्र बराल, इन्दु अङ्शु, डिल्लीप्रसाद मुलत्युन, जीवराज बुढाथोकी, सरद डिसी, मेदनी कुमार केवल, भुवन थापा, बामदेव शर्मा, पुन्य आचार्य, उदास कार्की, दिनेस लुइटेल, एटम बिद्रोही, सुशीला खड्का हसिना, राजन न्यौपाने, जनार्धन धट्कन, विजय विस्वास, ईश्वरी कार्की वर्षा किर्ते पौडेल, काली दास, कमला रिसाल, गोपाल नेपाल, मोहनमणि पोखरेल, उर्मिला पन्त, टेक बहादुर कोइराला, , सिता पौडेल, ब्रह्म प्रिय प्रेमस्वरुप लगायत तीन दर्जनभन्दा बढीले नेपाली, हिन्दी, मैथेली र अवधी भाषामा कविता, गजल, मुक्तक र गीत प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले आफ्नो मन्तव्य राखेका थिए भने डा तुलसी भट्टराईले समिक्षात्मक मन्तव्य दिएका थिए ।
रघुनाथ अधिकारीले सन्चालन गरेको सो कार्यक्राम ब्लु स्काइ पब्लिक स्कुलमा आयोजना गरिएको थियो ।

