Skip to content

तिमी गयौ कहाँ कहाँ


तिमी गयौ कहाँ कहाँ मलाई एक्लो पारी
सम्झना मलाई आउँछ मुटु गाठो पारी

नजिक आऊ न मेरो माया नजाऊ चट्ट छाडी
कलेजो र मुटु मेरो क्यान्सर रोग पारी

तिमी भन्थ्यौ मेरो माया मनको कुरा खोल
त्यति खेर मेरो मनमा कस्तो भयो भुल

रातभरि सपनीमा आउँछौ तिमी किन
मेरो हेर शरिरमा खालि चोट दिन

चोट रति नदेऊ तिमी बरू माया नगर
मलाई चोट दिने माया अन्तै बरू सार

मेरो मनमा नबस्नु स्वतन्त्रले बाँच्न देऊ
सयपत्री जस्तो जोवन मेरो हुन देऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *