समयको खुल्ला किताब हो जिन्दगी
आँसु र हाँसोको हिसाब हो जिन्दगी
अर्थ शास्त्रको माग र आपूर्ति नियम जस्तै
पुरा नहुने सवालहरूको जवाफ हो जिन्दगी ।
कसैलाई यो जिन्दगी घमाइलो लाग्दो हो
कोही यही जिन्दगी हिंड्दा हिड्दै थाक्दो हो
आफ्नै पसिनाको तलाऊमा पौडी खेल्दा खेल्दै
कोही आफ्नै जिन्दगीदेखि टाढा भाग्दो हो ।
कोही भन्छन् यी राजनीतिक पार्टीहरू भाडाका टट्टूहरूको हो
कोही भन्छन् यो देश नै भ्रष्टाचारी र बेइमान छटटुहरूको हो
राष्ट्रियता र स्वाभिमान र लागि एक ढिक्का हुन नसक्ने
मलाई लाग्छ यो सिङ्गो देश नै अबुझ र लठ्ठुहरूको हो ।
