हाम्रो देश नेपाल छन सगरमाथा झल्कने
हाम्रो देश नेपालमा हिमाल छन टल्कने
हाम्रो देश नेपाल छन संस्कृतिले झल्कने
हिमाल छन गौरव टलटली टल्कने
हिमालको काख चौरी गाई चरेको
कति राम्रो झरना छन हेर झरेको
चारै पट्टि चुरिएका हिमालका चुचुरा
कति राम्रो सुहाउँदो डाफे हेर मयुर
हिन्दू धर्मले सजाएको यो देश नेपाल
बुद्व भगवान जन्मिएको यो देश नेपाल
भाषा भाषिमा बढको छ यो देश नेपाल
विश्व राष्ट्रले माया गर्ने यो देश नेपाल
बनपाखा हाराबारा भएको देश नेपाल
लालिगुराँसले सजाएको यो देश नेपाल
प्रकृति र सम्पदाको सजाएको यो देश नेपाल
जल नदिको श्रोत भएको नेपाल
राष्ट्रिय चरा जनावर भएको यो नेपाल
चारैपट्टि हरावरा भएको यो देश नेपाल
वीर पुरुष जन्मिएको यो देश नेपाल
