उठ जनता जागौ अब, सुत्यौ हामी धेरै
अदृश्य खेलहरू भैराख्या छन् धेरै
छिनिदै रहेछ यहाँ, तिम्रो हाम्रो हक
रित्तिदै रहेछ यहाँ, भण्डारहरू सब
तिम्रो हाम्रो घाटीमा, फ्याँक्दा पनि पासो
आत्मसमर्पन गरेर, नदेखाए चासो
देश सारा कंगाल हुन्छ, अनि हामी ऋणी
भर्ष्टहरू थाम्दै जान्छन, पुर्खौलिको पिढी
एकजुट भै अघि बढौं, खबरदारी गर्न
देश निल्न दिनु हुन्न, भलै परे मर्न
देश हाक्ने नाममा यिनले, पार्न लागे स्वाहा
करोड पति बन्ने खेलमा, हानिदैछन जुवा
के नै के पायौं लाग्थ्यो, छयालीस साल आउदा,
छातीमा पीडा गहमा आँशु, अहिले पत्तो पाउदा
स्वादै भिन्दै बनाई दिए, गणतन्त्रको नाममा
स्यालले रयाल छोडे जस्तै, छोड्दा र्याल दाममा
तुलसिंह नेपाली
दैलेख
हाल यू ए ई
