फूलै फुल्यो वैंश फुल्यो यो मन फुलेन
मनकै पीर बुझिदिने कोही भएन
जोरीपारी सबै राम्रो हुँदा सम्पत्तिमा
बिपत्तीमा कोही हुन्न एक्लो जिन्दगीमा
सबैसामु मनको पीर भन्न सकिन
मनकै पीर बुझिदिने कोही भएन
जहाँ टेक्यो काँडा बिझ्ने हिंड्ने पैतालामा
कुन बाटो खोजिहिंडू पापी संसारैमा
सबैसामु मनको पीर भन्न सकिन
मनकै पीर बुझिदिने कोही भएन
शब्द – शंकर प्रेरणा
स्वर, संगीत – शम्भु राई
जीवनको परिवेश (गीति एल्बम)
