Skip to content

जीत नेपाल र नेपालीको…

भुकम्पको पराकम्पले त्रसित मनहरु लिएर
सुर्य चन्द्रको बनोट नेपाली झण्डा मुनि
नेपाल र नेपालीको स्वभिमान अनि पहिचानलाई
फुटवल खेलको मैदानमा प्रतिशपर्दि बनेर उभिए
विशाल भारतको सामु भारतकै भुमीमा
झिनो जितको आशा बोकेर
अन्नतः नेपाल र नेपालीलाई जिताई छाडे

भारतीय नाकाबन्दिबाट चुडिएका मनहरु लिएर
भारतीय बिरुद्धको एक खेल खेल्न
भारतीय मैदानमा भारतीय जन्ताको हुटिग विरुद्ध
नेपाल र नेपाली स्वाभिमानको विजय गराउन
पराजित मनोवलमा एक झिनो आशा बोकेर
१०० मिनेटको अन्तिम क्षण सम्म संघर्ष गरिरहे
अन्नतः नेपाल र नेपालीको जीत हासिल गराई छाडे

बधाई छ ति पाईलाहरुलाई
जसले प्रतिद्धन्दी टिमकै भुमीमा रहेर पनि
पाईला डगमगाउन चाहेन््न
निराश मनलाई सघर्षको पेरीफेरीमा राखेर पनि
खेलको मैदानमा हार्न चाहेन
अनि त, पटकौ पटक प्रहारलाई रक्षा गर्न सके
प्रतिद्धन्द्धीको चोटलाई शाक्तिमा बदल्न प्रयासरत रहे
अन्नतः नेपाल र नेपालीको प्रिय बन्न सफल कहलाए
जीतको नाममा नेपाली झण्डा फैलाए
पुनः पनि ती हातहरुलाई बधाई अनि सलाम
सघर्षशिल एकतालाई बधाई अनि सलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *