Skip to content

तिम्रो पनि मनमा


तिम्रो पनि मनमा, चोट लाग्यो होला
नभएको नदेखेको, खोट लाग्यो होला

तिमीमाथि विस्वासको, भेल बगाएथे
फुल ठान्थे काडाको, बोट लाग्यो होला

बाटो बिरायौ कतै, अल्झिएर हो कि
सोच परिवर्तनको, अठोट लाग्यो होला

सामान्य देख्यौ, मेरो चोखो प्रेमलाई
घमन्ड त्यो पैसाको, नोट लाग्यो होला

रन्जना न्यौपाने
चरिकोट, दोलखा

1 thought on “तिम्रो पनि मनमा”

  1. धेरै राम्रो गजलमा गनिने रचना
    धेरै राम्रो गजलमा गनिने रचना । धन्य हो बैनीकाे भावना । बरु लेखनमा त्रुटीहरु सच्याउन पाए ता सुनमा सुगन्ध नै हुने थियो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *