जीवनको शाब्दिक अर्थ प्रेमसँग पनि पुनरावृत्ति हुनु हो तर प्रेमलाई स्वीकार्नुपर्छ जसरी जीवन स्वीकार्नुपर्छ या बाँच्नुपर्छ भन्ने मान्ययता हो ।” यसले साउती मादैँ बोल्यो । “तर सत्य जीवन भोग्नु पनि हो, जीवन पढिनु पनि हो जुन हामी वर्तमानमा पढिरहेको छौँ ।” तर फगत बाँच्नुपर्छ र त्यो स्वीकार्य र अस्वीकार्य के हो महसुस गर्न पनि सकिँदैन ।” उसले मतिर फर्केर मुसुक्क हाँस्दै फेरि भन्यो ।
मार्चको जाडो हामी घरको छतमाथि बसेर साउती गदैँ उसले लेखेका कविताहरू र तर्कहरूमा म मेरो वर्तमानको चित्र भव्य छ कि भनेर खोज्ने प्रयास गरिरहेको छु ।”तिम्रो बाँचिरहेको छन् ? हरेक रातपछिको बिहानी मृत्यु कुर्नका लागि त सङ्घर्ष भएको थिएन होला नि, हैन त ?” उसले फेरि प्रश्न गर्यो । हाम्रो विषय जीवन, प्रेम, र सङ्घर्षमा केन्द्रित थियो ।
“त्यसो भए मानिसहरूको आँसु किन पुछिएको छैन त ? किन हरेक मानिसहरूको रुने क्रम घटेको छैन त ?” उसले साँच्चै नै घतलाग्दो कुरा गरेको छ यतिखेर ।
“विनास्वार्थ माया किन त ? कुरा उठ्न सक्छ जवाफ छ – माया गरेको भावना अस्वाभाविक हुँदैन । त्यसैले पनि तिमीलाई दुःख लाग्दा मन दुख्नु । तिमी दुख्नु हुँदैन ।” मैले कुरा मोड्न खोजेँ । म कम्तीमा पनि यो रात असजिला कुराहरू गरेर बिताउन चाहन्नथेँ । म प्रत्येक मानिसहरू हरेक दिन बाँचिरहेका छन भनेर उसलाई बताएर यो रातलाई अप्ठ्यारोमा पार्न चाहन्नथेँ ।
“मैले यतिखेर जीवनको सबैभन्दा ठुलो खुशी केमा महसुस गरिरहेको छु भने म मेरो जीवनको बारेमा तिमीलाई अँझ धेरै भन्न सकौँ । हामीले सामूहिक रुपमा स्वीकार्नुपर्छ । जुन कुरा यतिखेर तिमीलाई भनेर म झन् धेरै खुशी भएकी छु ।”
मैले पनि यो चिसो जाडोमा कठ्याङ्ग्रिँदै भनेँ । बुझ्यौ, म पनि एकदमै विक्षिप्त हुन्छु । मेरो भावुक मनले यो विक्षिप्तता सहन पनि सक्तैन ।”
उसले टाढाटाढाको एक्लो सडकलाई हेर्दै बोल्यो । मैले महसुस गरेँ ऊ साँच्चै नै भावुक रहेछ ।
आर्दश जीवन बाँच्न खोज्ने ओहो ! यो क्षण कति उदासलाग्दो क्षण भैदिएको छ हाम्रो लागि ।”त्यो तिम्रो अनुपस्थिति पनि हो । उज्यालो त्यो अँध्यारोको साक्षी पनि हो ।” उसले आफ्नो थोत्रे डायरी झिकेर कविता सुनायो । र उदासीपन हटाउने प्रयास पनि गर्न लाग्यो ।
“अब सुत्न जाने हैन ?” उसले यतिभन्दा रातको बाह्र बजिसकेकाले हामीले हातमा हात समातेर सुत्न जाने तर्खर गर्न लाग्यौँ ।
“तिम्रो मन र मेरो मनमा के फरक छ ? जीवनपद्धतिलाई स्वीकादै जानु र समानताका लागि दुवैका मनहरूलाई एउटा समीकरणमा लगेर वर्तमान क्षणहरूसँगको सामीप्यतामा स्वीकार्न नै त मुख्य केन्द्रबिन्दु होला नि, हैन रु” उसले मलाई च्याप्पै समात्दै यो कुरा गर्दा मेरो सम्पूर्ण शरीर, मन र अनुहारभरि नै उत्तेजना फैर्लिको थियो ।”
उसको स्पर्शले पनि मलाई यतिखेर उत्तेजित बनाउन सक्छ । हामी यतिखेरसँगै ओछ्यानमा पल्टिएका छौँ । उसले आफ्नो उचित र अनुचितबीचको समझदारीलाई अस्वीकार्दै महत्वपूर्ण कुरा जीवन हो र जीवनको बारेमा लेखिनु हो भन्ने कुरा सम्झाउन खोजिरहेको छ मलाई ।”म झ्यालनेर बसेर तिमी आउने प्रतीक्षा गर्नेछु । भोलि साँझसम्म । मलाई थाहा छ तिमी म विना मर्नसक्तैनौ । यसको अर्थ हामीबीचमा रहेको सम्पूर्ण खुशीहरू बाँड्नुपर्छ माया गर्न चाहन्छु ।”
मैले आँखाभरि आँसु पादैँ भनेँ र उसले मेरो आँसु पुछ्यो अनि लामो सास फेर्यो ।”तिमी रुनु हुँदैन” उसले भन्यो । हामीबीच रात गहिरिँदै गएको छ । दुवै जनाको बीचमा संवेदना, मायाका कुराहरू या आवश्यकताका कुराहरू भएका छन् । शरिरलाई सुमसुम्याउन थालेको छ र म रातजस्तै गहिरिँदै, रातजस्तै लज्जित हुँदै गएकी छु । हामी एक हुने प्रयासमा छौँ । मानसिक रुपमा एक भएपछि शरीर गौण हुन्छ भन्ने कुराको वास्तविकता अहिले हामीबीचको वर्तमान भएको छ ।
“मानिसलाई किन अँध्यारो मन पर्छ ?” बिहानीपख उठ्दै उसले भन्यो । जीवनलाई हामी सजिलै जीवनको नाम दिन सक्तैनौँ । अर्थात् जीवन एकदमै कठिन छ, एउटा कठिन र अप्ठ्यारो यात्रा, अर्मूतता र असफलताको यात्रालाई अवमूल्यन गर्न नसक्ने भएर नै मान्छेलाई अँध्यारो मन पर्छ । मैले पनि लुगा फेदैँ आफ्नो आदर्शता पोखेँ ।”आखिर किन बुद्धको जीवन बाँच्न सकिँदैन ? किन बुद्धको मान्यतामा मान्छे बाँच्न सक्दैन ? मान्छेहरू किन दौडन्छन् र कहाँ दौडन्छन् ? यो दौडाइ र भागदौडमा के मान्छे साँच्चै नै बाँचेका छन् ?”
मलाई चुम्बन गर्दै यसले यति भनेर बाहिरियो । मेरो जवाफ पनि नपर्खी । उसले भखैरै एउटा अनाथलयमा सेक्रेटरीको काम पाएको छ । आफ्नो योग्यताभन्दा कम पदमा जागिर खाँदा उसले ज्ञानी महसुस नगरेको हैन तर पनि बाँच्नका लागि जागीर खानैपर्छ भन्ने मान्यता या बाध्यता उसको रहेको छ ।
आज चौथो दिन फेरि मेरो डेराको छतमा बसेर हामी जीवनका कुराहरू गर्न लागेका छौँ ।”जीवन बाँच्नकै लागि बाँच्नुपर्दो रहेछ, हैन त ?” उसले मेरो कपाल मुसादौँ भन्यो । हुन त हामी बसेको यो ठाउँ समुद्रको छेउमै भएर पनि होला निकै नै रमाइलो देखिन्छ । म फिस्स हाँसेँ उसको कुरा सुनेर ।”त्यसो भए यो संसारमा प्रेम पाएर पनि या नपाएर पनि मानिसहरू किन खुसी छैनन् त ? मानिसहरू आफैँ जीवनदेखि थाकेका छन् ।
उसले मेरो गालामा चुम्मा खाँदै अर्को प्रश्न सोध्यो । म अनुत्तरित रहेँ । यो नयाँ ठाउँ भएर पनि होला, यहाँको जाडो, मान्छेहरूको भीड, आफन्तहरूबाट टाढा रहनुपरेको अवस्थाले गर्दा पनि होला । मैले कुरा मोड्दै भनेँ, “बुझ्यौ, हामीले हरेक क्षणलाई महत्वपूर्ण बनाउनेतर्फ अग्रसर रहनुपर्छ ।”
हामी फेरि परपरसम्मका खाली सडकहरू हेरेर चुप लाग्यौँ । सडकभन्दा पर केही पनि देखिँदैन । हामी छतमा बसेर अलिक छेउमा रहेको विशाल समुद्र हेरिरहेको छौँ । टाढाटाढा आँखाले भ्याएसम्म पानी नै पानी छ । मान्छेहरूको कल्पना, एउटा सुन्दताको कल्पनाले हामीलाई रोमाञ्चित बनायो । कारण यति छोटो भेटमा पनि हामी दुवैका बीच धेरै नै भावुकता, धेरै नै अपन बाँडिएको छ । जीवनका र कविताका कुराहरू भएका छन् । समुद्रका छालहरूले हाम्रो सामूहिक भावुकतालाई अँझ तेजिलो बनाएको छ । जीवन यति धेरै सुखी त उसलाई भेटेपछि मात्र भएको छ ।
टाढाटाढा समुद्रका छालहरू हेदै मलाई रुन जन लागेको छ । मेरो भावुकतालाई देखेर उसले के निक्र्यौल निकाल्यो त्यो त थाहा छैन तर मैले के बुझेँ भने ऊ सहजै मेरा कुराहरूलाई स्कीकार्ने पक्षमा भने देखिएको छ ।
“झुटो आदर्शताले बीभत्सता निम्त्याउँछ,” उसले मेरो जवाफ नपर्खदै बोल्यो । “सफलता र खुसी त संसार जित्नेलाई पनि सम्भव छैन ।”
मैले पनि भनेर छेउमै रहेको नीलो समुद्रले बिस्तारैबिस्तारै फ्याँकेका छालहरू देखेर हामीलेसँगै बिहानीको कल्पना गरेका छौँ यतिखेर ।
“अहा ! भोलि बिहान यहाँ –वरिपरिरहुन्जेल चराचुरुङ्गीहरू न्यानो वेग र हावासँग खेलिरहनेछन्, थाहा छ तनावको बेलामा आँखा बन्द गर्नुपर्छ किनभने संसारको तनाव र दुःख बाहिर छ । आँखा जब बन्द हुन्छ बाहिरसँगको तनाव सकिन्छ कम्तीमा आफ्नो मनमा लागि । तिमीलाई थाहा छ ? तिमीलाई थाहा छ ? बुद्ध कहिले खुसी पनि भएनन्, दुःखी पनि भएनन् कहिल्यै हाँसेनन् पनि र कहिल्यै रोएनन् पनि । त्यसैले उनको अस्तित्व उनको शरिर मरेर गएपछि पनि अमर रहेको छ । आफू आफैँलाई विश्वास नगरेर हामी त सम्झौतामा बाँधिएका छौँ ।
मैले उसको आँसु पुछ्ने प्रयत्न गर्दै भनेँ –”हामीसँग जे छ हामी त्यो मात्र दिन सक्छौँ । मैले यस अर्थमा तिमीलाई प्रेम गरेको छु कि मसँग प्रेमबाहेक दिने कुरा केही पनि छैन । हो, म पनि यही कुरामा कटिबद्ध छु ।
वर्तमान विसङ्गतिबाट वास्तवमा म एकदमै दुःखी भएर पनि यो कठिनाइलाई म फेरीफेरी पनि बाँडिरहन सक्तिनँ । तर मलाई थाहा छ मृत्यु निश्चित छ र मृत्युभन्दा पर उभिएर हामी बाँच्नँ सक्तैनौँ ।
कमला सरुप
