Skip to content

जीवनको अर्थ प्रेम

KamalSarup


जीवनको शाब्दिक अर्थ प्रेमसँग पनि पुनरावृत्ति हुनु हो तर प्रेमलाई स्वीकार्नुपर्छ जसरी जीवन स्वीकार्नुपर्छ या बाँच्नुपर्छ भन्ने मान्ययता हो ।” यसले साउती मादैँ बोल्यो । “तर सत्य जीवन भोग्नु पनि हो, जीवन पढिनु पनि हो जुन हामी वर्तमानमा पढिरहेको छौँ ।” तर फगत बाँच्नुपर्छ र त्यो स्वीकार्य र अस्वीकार्य के हो महसुस गर्न पनि सकिँदैन ।” उसले मतिर फर्केर मुसुक्क हाँस्दै फेरि भन्यो ।

मार्चको जाडो हामी घरको छतमाथि बसेर साउती गदैँ उसले लेखेका कविताहरू र तर्कहरूमा म मेरो वर्तमानको चित्र भव्य छ कि भनेर खोज्ने प्रयास गरिरहेको छु ।”तिम्रो बाँचिरहेको छन् ? हरेक रातपछिको बिहानी मृत्यु कुर्नका लागि त सङ्घर्ष भएको थिएन होला नि, हैन त ?” उसले फेरि प्रश्न गर्यो । हाम्रो विषय जीवन, प्रेम, र सङ्घर्षमा केन्द्रित थियो ।

“त्यसो भए मानिसहरूको आँसु किन पुछिएको छैन त ? किन हरेक मानिसहरूको रुने क्रम घटेको छैन त ?” उसले साँच्चै नै घतलाग्दो कुरा गरेको छ यतिखेर ।

“विनास्वार्थ माया किन त ? कुरा उठ्न सक्छ जवाफ छ – माया गरेको भावना अस्वाभाविक हुँदैन । त्यसैले पनि तिमीलाई दुःख लाग्दा मन दुख्नु । तिमी दुख्नु हुँदैन ।” मैले कुरा मोड्न खोजेँ । म कम्तीमा पनि यो रात असजिला कुराहरू गरेर बिताउन चाहन्नथेँ । म प्रत्येक मानिसहरू हरेक दिन बाँचिरहेका छन भनेर उसलाई बताएर यो रातलाई अप्ठ्यारोमा पार्न चाहन्नथेँ ।

“मैले यतिखेर जीवनको सबैभन्दा ठुलो खुशी केमा महसुस गरिरहेको छु भने म मेरो जीवनको बारेमा तिमीलाई अँझ धेरै भन्न सकौँ । हामीले सामूहिक रुपमा स्वीकार्नुपर्छ । जुन कुरा यतिखेर तिमीलाई भनेर म झन् धेरै खुशी भएकी छु ।”

मैले पनि यो चिसो जाडोमा कठ्याङ्ग्रिँदै भनेँ । बुझ्यौ, म पनि एकदमै विक्षिप्त हुन्छु । मेरो भावुक मनले यो विक्षिप्तता सहन पनि सक्तैन ।”

उसले टाढाटाढाको एक्लो सडकलाई हेर्दै बोल्यो । मैले महसुस गरेँ ऊ साँच्चै नै भावुक रहेछ ।

आर्दश जीवन बाँच्न खोज्ने ओहो ! यो क्षण कति उदासलाग्दो क्षण भैदिएको छ हाम्रो लागि ।”त्यो तिम्रो अनुपस्थिति पनि हो । उज्यालो त्यो अँध्यारोको साक्षी पनि हो ।” उसले आफ्नो थोत्रे डायरी झिकेर कविता सुनायो । र उदासीपन हटाउने प्रयास पनि गर्न लाग्यो ।

“अब सुत्न जाने हैन ?” उसले यतिभन्दा रातको बाह्र बजिसकेकाले हामीले हातमा हात समातेर सुत्न जाने तर्खर गर्न लाग्यौँ ।

“तिम्रो मन र मेरो मनमा के फरक छ ? जीवनपद्धतिलाई स्वीकादै जानु र समानताका लागि दुवैका मनहरूलाई एउटा समीकरणमा लगेर वर्तमान क्षणहरूसँगको सामीप्यतामा स्वीकार्न नै त मुख्य केन्द्रबिन्दु होला नि, हैन रु” उसले मलाई च्याप्पै समात्दै यो कुरा गर्दा मेरो सम्पूर्ण शरीर, मन र अनुहारभरि नै उत्तेजना फैर्लिको थियो ।”

उसको स्पर्शले पनि मलाई यतिखेर उत्तेजित बनाउन सक्छ । हामी यतिखेरसँगै ओछ्यानमा पल्टिएका छौँ । उसले आफ्नो उचित र अनुचितबीचको समझदारीलाई अस्वीकार्दै महत्वपूर्ण कुरा जीवन हो र जीवनको बारेमा लेखिनु हो भन्ने कुरा सम्झाउन खोजिरहेको छ मलाई ।”म झ्यालनेर बसेर तिमी आउने प्रतीक्षा गर्नेछु । भोलि साँझसम्म । मलाई थाहा छ तिमी म विना मर्नसक्तैनौ । यसको अर्थ हामीबीचमा रहेको सम्पूर्ण खुशीहरू बाँड्नुपर्छ माया गर्न चाहन्छु ।”

मैले आँखाभरि आँसु पादैँ भनेँ र उसले मेरो आँसु पुछ्यो अनि लामो सास फेर्यो ।”तिमी रुनु हुँदैन” उसले भन्यो । हामीबीच रात गहिरिँदै गएको छ । दुवै जनाको बीचमा संवेदना, मायाका कुराहरू या आवश्यकताका कुराहरू भएका छन् । शरिरलाई सुमसुम्याउन थालेको छ र म रातजस्तै गहिरिँदै, रातजस्तै लज्जित हुँदै गएकी छु । हामी एक हुने प्रयासमा छौँ । मानसिक रुपमा एक भएपछि शरीर गौण हुन्छ भन्ने कुराको वास्तविकता अहिले हामीबीचको वर्तमान भएको छ ।

“मानिसलाई किन अँध्यारो मन पर्छ ?” बिहानीपख उठ्दै उसले भन्यो । जीवनलाई हामी सजिलै जीवनको नाम दिन सक्तैनौँ । अर्थात् जीवन एकदमै कठिन छ, एउटा कठिन र अप्ठ्यारो यात्रा, अर्मूतता र असफलताको यात्रालाई अवमूल्यन गर्न नसक्ने भएर नै मान्छेलाई अँध्यारो मन पर्छ । मैले पनि लुगा फेदैँ आफ्नो आदर्शता पोखेँ ।”आखिर किन बुद्धको जीवन बाँच्न सकिँदैन ? किन बुद्धको मान्यतामा मान्छे बाँच्न सक्दैन ? मान्छेहरू किन दौडन्छन् र कहाँ दौडन्छन् ? यो दौडाइ र भागदौडमा के मान्छे साँच्चै नै बाँचेका छन् ?”

मलाई चुम्बन गर्दै यसले यति भनेर बाहिरियो । मेरो जवाफ पनि नपर्खी । उसले भखैरै एउटा अनाथलयमा सेक्रेटरीको काम पाएको छ । आफ्नो योग्यताभन्दा कम पदमा जागिर खाँदा उसले ज्ञानी महसुस नगरेको हैन तर पनि बाँच्नका लागि जागीर खानैपर्छ भन्ने मान्यता या बाध्यता उसको रहेको छ ।

आज चौथो दिन फेरि मेरो डेराको छतमा बसेर हामी जीवनका कुराहरू गर्न लागेका छौँ ।”जीवन बाँच्नकै लागि बाँच्नुपर्दो रहेछ, हैन त ?” उसले मेरो कपाल मुसादौँ भन्यो । हुन त हामी बसेको यो ठाउँ समुद्रको छेउमै भएर पनि होला निकै नै रमाइलो देखिन्छ । म फिस्स हाँसेँ उसको कुरा सुनेर ।”त्यसो भए यो संसारमा प्रेम पाएर पनि या नपाएर पनि मानिसहरू किन खुसी छैनन् त ? मानिसहरू आफैँ जीवनदेखि थाकेका छन् ।

उसले मेरो गालामा चुम्मा खाँदै अर्को प्रश्न सोध्यो । म अनुत्तरित रहेँ । यो नयाँ ठाउँ भएर पनि होला, यहाँको जाडो, मान्छेहरूको भीड, आफन्तहरूबाट टाढा रहनुपरेको अवस्थाले गर्दा पनि होला । मैले कुरा मोड्दै भनेँ, “बुझ्यौ, हामीले हरेक क्षणलाई महत्वपूर्ण बनाउनेतर्फ अग्रसर रहनुपर्छ ।”

हामी फेरि परपरसम्मका खाली सडकहरू हेरेर चुप लाग्यौँ । सडकभन्दा पर केही पनि देखिँदैन । हामी छतमा बसेर अलिक छेउमा रहेको विशाल समुद्र हेरिरहेको छौँ । टाढाटाढा आँखाले भ्याएसम्म पानी नै पानी छ । मान्छेहरूको कल्पना, एउटा सुन्दताको कल्पनाले हामीलाई रोमाञ्चित बनायो । कारण यति छोटो भेटमा पनि हामी दुवैका बीच धेरै नै भावुकता, धेरै नै अपन बाँडिएको छ । जीवनका र कविताका कुराहरू भएका छन् । समुद्रका छालहरूले हाम्रो सामूहिक भावुकतालाई अँझ तेजिलो बनाएको छ । जीवन यति धेरै सुखी त उसलाई भेटेपछि मात्र भएको छ ।

टाढाटाढा समुद्रका छालहरू हेदै मलाई रुन जन लागेको छ । मेरो भावुकतालाई देखेर उसले के निक्र्यौल निकाल्यो त्यो त थाहा छैन तर मैले के बुझेँ भने ऊ सहजै मेरा कुराहरूलाई स्कीकार्ने पक्षमा भने देखिएको छ ।

“झुटो आदर्शताले बीभत्सता निम्त्याउँछ,” उसले मेरो जवाफ नपर्खदै बोल्यो । “सफलता र खुसी त संसार जित्नेलाई पनि सम्भव छैन ।”

मैले पनि भनेर छेउमै रहेको नीलो समुद्रले बिस्तारैबिस्तारै फ्याँकेका छालहरू देखेर हामीलेसँगै बिहानीको कल्पना गरेका छौँ यतिखेर ।

“अहा ! भोलि बिहान यहाँ –वरिपरिरहुन्जेल चराचुरुङ्गीहरू न्यानो वेग र हावासँग खेलिरहनेछन्, थाहा छ तनावको बेलामा आँखा बन्द गर्नुपर्छ किनभने संसारको तनाव र दुःख बाहिर छ । आँखा जब बन्द हुन्छ बाहिरसँगको तनाव सकिन्छ कम्तीमा आफ्नो मनमा लागि । तिमीलाई थाहा छ ? तिमीलाई थाहा छ ? बुद्ध कहिले खुसी पनि भएनन्, दुःखी पनि भएनन् कहिल्यै हाँसेनन् पनि र कहिल्यै रोएनन् पनि । त्यसैले उनको अस्तित्व उनको शरिर मरेर गएपछि पनि अमर रहेको छ । आफू आफैँलाई विश्वास नगरेर हामी त सम्झौतामा बाँधिएका छौँ ।

मैले उसको आँसु पुछ्ने प्रयत्न गर्दै भनेँ –”हामीसँग जे छ हामी त्यो मात्र दिन सक्छौँ । मैले यस अर्थमा तिमीलाई प्रेम गरेको छु कि मसँग प्रेमबाहेक दिने कुरा केही पनि छैन । हो, म पनि यही कुरामा कटिबद्ध छु ।

वर्तमान विसङ्गतिबाट वास्तवमा म एकदमै दुःखी भएर पनि यो कठिनाइलाई म फेरीफेरी पनि बाँडिरहन सक्तिनँ । तर मलाई थाहा छ मृत्यु निश्चित छ र मृत्युभन्दा पर उभिएर हामी बाँच्नँ सक्तैनौँ ।

कमला सरुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *