म आफ्नो जिन्दगीलाई, खास बनाउछु
हृदयमा सधैं सत्यताको, बास बनाउछु
सक्छौ साथ देऊ, नसके कुरा नकाट
आफ्ना हरेक कमजोरिलाई, नास बनाउछु
आफ्ना सधैं आफ्ना हुन्छन्, जादैनन् टाढा
दिन्छु माया पराईलाई, आसपास बनाउछु
दु:ख मेरो साथी, सङगै राख्छु उस्लाई
भागी जान कतै दिन्न, दास बनाउछु
पुग्नु छ धेरै टाढा, गर्नु छ संघर्स अब
चुल्याई उन्नतिको ठुलो, रास बनाउछु
रन्जना न्यौपाने
चरीकोट, दोलखा
