अलिकति शान्तिको नाममा
तिमी ठुलाठुला क्रान्ति मच्चाउछौ
अधिकार पायने तिम्रो झुटो आश्वासनमा
अरुको अधिकार खोस्छौ
कसैलाई बचायने ध्याउन्नमा
हजारैलाई बली चढाएछौ
यो तिम्रो कस्तो सुरुवात हो
जहाँ मान्छेको शीर काट्छौ
र ढुङ्गामा बली चढाउछौ
मान्छेको टाउको फोर्छौ
अनि मूर्तिको खुट्टा ढाक्छौ ।
कसैको गाँस खास्दै
तिमी आफ्नो पेट भर्छौ
कसैको मुटुलाई कुल्चेर
तिमी मज्जा लिदै हाँस्छौ
बोल्ने ती मुखहरू थुन्दिन्छौ
चलाउने ती हातहरू काट्दिन्छौ
बुढो रुख यो भन्दौ ढाल्छौ
र आफै बिराजमान हुन्छौ
यो तिम्रो कस्तो परम्परा ।
तिमी परिवर्तको नाममा
दिनलाई कालो रात बनाउछौ
स्वर्णीम वर्तमानलाई
तिमी विकराल भविष्य बनायछौ
ती स्पष्ट पाईलाहरूलाई
गन्तव्यबाट टाढा लान्छौ
अनि अलिकति विकासको नाममा
तिमी ठुलाठुला बिनास निम्त्याउछौ
अलिकति हाँसोको नाममा
तिमी आँसुका खोला बगाउछौ ।
अनि, अनि अलिकति शान्तिको नाममा
तिमी ठुलाठुला त्रान्ति मच्चाउछौ ।
पिंखुरी–९, अदुवाबारी
