Skip to content


२०७२ साल बैषखको महिना
भगवानले पठाएछन् कालको बैना
बैषाखाको मैना थियो मंगलमबार संक्रान्ति
बैषाख १२ गते गयो भुइिकम्पको भारी
त्यसदिन ठण्डा थियो १० बजे सम्मै
१२ बजेर ५८मा सखाप पार्यो जम्मै
चारै पटि थर्किन गयो जमिन लप्प पारी
कोकोहोलो हुन गयो सारा राष्ट्रभरि
काहाँ हुन्छ भूकम्प कहाँ बस्छ वास
भूकम्पको धक्का पर्दा धेरैको गयो सास
कहाँ गए वैज्ञानिक कहाँ गए ज्योतिष पनि
यत्रो घट्ना हुने रहेछ भनिदेन पनि
यति भनी देको भए किन यस्तो हुन्थ्यो?
यस्तो विद्यान बनी दिए किन राष्ट्र रुन्थ्यौ ?
अविश्वास छ है संसार विश्वास छैन केही
सारा संसारमा संकटकालीन पर्न जान्छ त्यही
कोही भन्छ शेष नाग कोही भन्छ माछो
जान्नु पो कसरी हो झुट्टा हो कि साचो
कोही भन्छा पतालमा जुज भएको
जुजको अवाज हुनै पो गएको
कोही भन्छ नायरण मुसलमान अल्ला
नरमा दुनियाको यस्तै भयो हल्ला
माझा मझेरीमा लोटाए शरिर लोटिन्छ
घोप्टो परि जमिनमा बलले घोटिन्छ
धुव्र सन पनि डेरा लागे आज डग्न
नदिनाला पनि हेर पाखा लागे बग्न
बढा बढा मनि जन्ता पक्का टिनका कोठि
भुइकम्प चल्दा खेरी भत्यो एकै चोटि
कहाँ थिए दाजु भाइ कहाँ बुवा ममि
भूकम्पले प्राण लियो त्यसै बेला पनि
कतिका घर भत्कियो कति चिरा फारा
कति मरे एैया भन्दै रगतको धारा
त्यस वेला पक्का पिच सिसार फुटाई भए
यातयात गाडि पनि सव बन्द भए
टेलिफोन एक घण्टा सव बन्द भए
सरकारी अफिस पनि सारा बन्द भए
यस्तो होला भन्ने थिएन नहुने घट्ना भयो
भूकम्पको प्रभावले राष्ट्रभरि रायो
आए छ नि संकटकालीन हाम्रो राष्ट्रमा
जताततै घर ढल्छ भागि जानु कहाँ
भाग्दा भाग्दै कति मरे बोल्दाबोल्दै कति
गनि साध्यै भएन नि भव नेपालको खति
सारा राष्ट्र फोन भयो आपतकालीनमा
सारा राष्ट्र चिन्तित भयो नेपालको घट्नामा
विश्व राष्ट्रको हाम्रो राष्ट्र साझा बारि थियो
२०७२ सालको भूकम्पले ध्वस्त परिदियो
१२ गते शनिवार आयो भूकम्पक किन ?
रुवावासिमै वित्न गयो हाम्रो त्यस दिन
मानवको जीवनमा कत्रो चोट पर्यो
खाउँला लाउलाभन्दा भन्दै चट्ट मर्नु पर्यो
भगवानको सारा संसार कत्रो खेला रैछ
चिताएमा पृथ्वीमा जल बन्दो रहेछ
जन्मदिने उनै छन मार्ने बाँच्ने उनै
चिताएमा सखाप पार्ने पनि रैछ उनै
मानवको जीवन रैछ सारा अधुरामा
बल्ला आजा होस भयो २०७२ सालमा
बाचुनजेल खानु लाउनु मात्र पनि रैछ
आखिरमा मर्दा हामी के पो पाउदो रैछ
आज हेर नेपालमा कति जन्ता मर्यो
घरमा भाको धन माल त्यसै ठाउम छोड्यो
कतिमा रोए डाको छाडि कति घुक घुक
सातै जुनि विर्सदैन ७२ सालको दुःख
कति मरे एैया भन्दै कति आँखाँ मिकि
त्यस वेला कति मरे घर ढलेर मिकि
गाई भैसि कति मरे बाख्रा खसि कति
भूकम्पको त्यस दिन विग्रिन गयो मति
जताततै कोहोलो भे राम राम भन्दै
सेना प्रहरी लागि परे लास झिकि गन्नै
नेपाली धेर मरे आज दाजु भाइ
भारतलाई गार्यो पर्यो राहत बाड्नलाई
मर्ने जति मरि गए बाँच्नेलाई पिर
भूकम्पको थाहाँ छैन कति आउछ कति खेर
हृदयमा चोट पर्यो रुन्छ धुरुधुरु
घर छागा गिर्न जाँदा मर्छन खुरुखुरु
पृथ्वीमा भव सागर भयो नेपालमा जम्मै
चिराफार हुन गयो पश्चिम भाग जम्मै
सुरक्षाकर्मी कति थिए दंगा सेना कति
भोगप्यास लाग्दैनथ्यो उदोरुपमा रति
ज्यानै तर्पि कामै गरी देश वासिको लागि
बरु हामी मर्नु पर्छ जानु हुन्न भागि
देशको लागि लड्ने राष्ट्रका सेना
राष्ट्रै यस्तो होला भन्ने रति मन्मा थिएन
के गर्नु र भवितव्य अब परो नेपालमा
ठूलो लडभीड गर्नु पर्यो पुरिन गाकामा
माटामुनिबाट भन्छन झिकि देउन मलाई
भारतको ठूलो सहयोग भयो नेपाललाई
आएछ है संकटकालीन हाम्रो नेपालमा
जताततै घर ढल्छ भागि जानु कहाँ
भाग्दा भाग्दै कति मरे बोल्दा बोल्दै कति
गनि साध्यै भएन है नेपालको खति
जताततै चिराफारा कहीं छैन खालि
७२ सालमा पर्न गयो नेपाल भूकम्पको पाली
धेरै राष्ट्राबाट सहयोग भयो हाम्रो नेपालमा
बस्ने खाने सबै दिए पिडितहरूमा
खाउँला लाउँला भन्दै मरे नेपाली दाजुभाइ
रुवावासि बनाइदिए हामी बाँच्नेलाई
सारा संसार रुवावासि भयो हेर त्यस दिन
नेपालीले खाएछन् भूकम्पको ऋण
ऋण तिर्दा धन पर्थ्यौ जानै तिर्न पर्यो
अपराधी भूकम्पले गर्नसम्म गर्यो
घण्टा घण्टामा आई राख्छ भूकम्पको धक्का
बाचिन्छ भन्ने रति थिएन मरिन्छ नि पक्का
राष्ट्रमा घट्ना हुदाँ सेना दंगा लागे
जनताको मृत्यू देख्दा सेनामा भोक प्यास भागे
जाता हेर्यौ उतै लास हेरी साध्य छैन
भित्रि मन रोई आउछ बुझाउने बाटो छैन
धुस्रे फुर्सै खनि राख्छ पेट खोक्रो परि
बल्ल बल्ल लास तान्छन उदो मुन्टो पारि
कोही जिउदो मान्छे झिक्दा अलि खुसी हुने
मृत्यू भाको लास झिक्दा डाको छोडी रुन्थे
छिमेकी राष्ट्र भारत चाई हामा्रो
नेपालमा योगदान दिए अति धेरै राम्रो
नेपालले विर्सिदैन सातै जुनि सम्मै
हेलिकेप्ट डोजर भ्याकुर दिए हेर जम्मै
भारताको योगदान ठूलो पुग्यो नेपालमा
नेपालले शुभकामना दिनु पर्छ तहाँ
सुरक्षाकर्मी कति थिए मेशिन कति थिए
विश्वले नै नेपालको घट्ना साथमा लिई दिए
संचारमाध्यमबाट दिए एक्कासि १०५४जना
नेपालमा ठूलो क्षति हुन गयो यहाँ
निकालेको त्यति भए माटामुनि कति
नेपालको ग्रह विर्यो भयो धेर खति
ऐ नेपाली दाजु भाइ हामी कर्म हारा
आँखाँबाट नछुट्ने भयो यो आशुको धारा
५२ साल देखि आँखा कल्यै ओभाएन
अँझै पनि नेपालमा मन शान्त भएन
दिदी बहिन दाजु भाइ हामी दुखिरहेछौ
भूकम्पको शिकार बन्न ७२ सालमा गइछौ
सेना दंगा सबै लागे जन्ताको उद्धार गर्न
आज मलाई गार्हो पर्यो कपिको पाना भर्न
अन्तिममा सहारा दिने होहि पनि थिएन
भूकम्पले मिचिदियो बाँच्ने आधार थिन
अन्तिममा मर्नु पर्यो छातीमा हात राखेर
अँझ पनि धेरै छ है यो देशको घट्ना
धन जन हेकिकप्टर बाहिरबाट आयो
नेपाललले ठूलो राहत बाहिरबाटै पायो
राष्ट्रै भयो तहस नहस अस्तित्वनै गयो
नेपाल क्षतविक्षत भयो अस्तित्वनै गयो
अस बखत भगवानले गर्नसम्म गर्यौ
कति खाउँला लाउला भन्दै पनि मर्नु पर्यो
प्रलय नै गर्न आटे शृष्टि कर्ताले यहाँ
पृथ्वीमा लम्प पार्छौ आज किन यहाँ
कलि युगको अन्त्य होकि आज हेर किन
मनुष्यमा नास पार्ने अयो क्यारे दिन
कहिमा आयो जल नदी कहीं फुटयो धर्ती
नेपालमा आज भयो हेर धेरै खति
०४६ सालबाट नेपालमा साडे सातले छोयो
०७२ सालमा यो देशमा कति मान्छे मर्यौ
ग्रह साहे खराव रैछ आज हाम्रो नेपालको
शृष्टिकर्ताले निर्णय गरिदेऊ आज यसको
बैषाख १२बाट जेठ २ जम्मै
दिनको दिन जस्तो आउछ भूकम्प किन ?
विदेशबाट धेरै आए सुरक्षाकर्मी पनि
नेपालमा घट्ना हुदाँ उद्धार गर्न भनी
मालसमान कति आयो रासन पनि पनि
नेपालको समस्या हेर टार्न भनी
ठूलो क्षति हुन गयो अमेरिकाको यहाँ
हेलिकेप्टर दुर्घटना भयो हाम्रो नेपालमा
४५सालको भूकम्प विहान ५ बजे गयो
घर मतान त्यसवेला एकैचोटि ढल्यो
२०४५ सालमा पनि क्षति ठूलो भयो
रातभरि पानी पर्यो विहान भूकम्प
पिंजडाको सुगाँ जस्तो भयो हाम्रो मन त
२०४५ साल भदौ ५ मा आयो ठूलो भुकम्प क्षति गर्यो
तहा जताततै घर गिरे ठूलो क्षति भयो
विश्वय राष्ट्रमा पनि हेर तुफान खबर गयो
पहाडपर्वतमा मरे घर ढलेर मिची
ऐया ऐयाँ भन्दै मरे दैलाले थिची
त्योभन्दा ठूलो क्षति २०७२ सालमा
राष्ट्रभरि हाहाकार भयो यसपालामा
अँझै पनि धेरै छ है यो देशको घट्ना
समयले साथ दिएन लेख्न सकिन
जिल्ला मेरो उदयपुर सगरमाथा अंचल
जीवन मेरो दुःखि छनि मन मेरो चंचल
नाम मेरो लेख बहादुर कार्की मेरो थर
सारा संसार हिड्छु म त डट कपीको भर
त्रियुगा नगरपालिका कौवाई मेरो घर ।

कुनै ठाउमा गल्ती भए माफ माग्छु

लेखबहादुर कार्की
त्रि.न.पा. १२ कौवाई
(२०७२ साल बैषाख १२ गते १२ बजेर ५८ मिनेटमा गएको भूकम्पमा मृत्यूहुनेहरूको नाममा श्रदाञ्जली स्वरुप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *