कति राम्रो धून तिम्रो भावनाले मन छोयो
आँखा छली हिंडेपछि भावनाले मन रोयो
हीरा मोती सुना चाँदीभन्दा माथि दिल हुन्छ
दिलै छोडी हिंडेपछि आँसुले नै मन धोयो
महलको सपनामा अघि अघि बढ्दै थियौं
सुबाटोमा धोका दिने कस्तो तिम्रो मन हो यो
यो आत्माले खोजी राछ तिम्रो न्यानो अङ्गालाको
अङ्गालोमा बाँधिन त हुनु पर्छ मन पो यो
वग्न हुन्न भावनामा तोड्न हुन्न चाहना लौ
दुई आत्मा बाँधिनलाई आवश्यक छ मन चोयो
