Skip to content


टाउको ठाडा पार्यौ त तिमीले मान्छे आउछ भनेर
ईश्वर गर्यौ त तिमीले नजिक आइजा भनेर
मन भित्र सोच तिमीले यो मान्छे भनेर
बसन गोमन आज माया खुव गरेर
आफ्नै विशाल छातीमा सोच तिमीले
मान्छेमा धोका नदेऊ तिमीले
अन्यथा नसोच तिमीले गोमन भएर
बसिदेऊ आज मनुष्यको तरंगमा गएर
डस्छौ आज तिमी मनुष्यमा गएर
मर्छ त्यो मान्छे अन्त्यमा गएर
डस्छौ गोमन तिमी घाटिमा फुलाएर
मर्छ त्यो मान्छेपछि विष धेर भएर
कति टोक्दा नअघाउने दिनभरि पनि
कस्तो दात छ कहिले पनि नथाक्ने पनि
कत्रो शक्ति पायौ त तिमीले विष्णु भगवानको
जीवन बर्वाद पार्यो आज मनुष्यको
जा जा टोक्छौ त त्याहाँ त्यहाँ दुख्छ
मनुष्यको मनकामना हेर कहाँ पुग्छ
आगो सरि हुन्छौ तिमी जलसरि मान्छे
दातले झ्याप्प समाउछौ भागि कहाँ जान्छ
नसमाउ मनुष्यमा स्वतन्त्रले बाँच्न देऊ
मान्छेको भावना गोम साकर हुन देऊ
मानवको कामना पनि धेर हुन्छ
सूर्यको तापले सपना अधुरा हुन्छ
तिमी लुक्ने काठ धमिराले खान्छ
मान्छेको पापले तिमी यमलोक जान्छ
स्वर्गको बाटोमा जाऊ आज हेर तिमी
विष्णु भगवान हुन तिमीलाई श्र्राप दिने
श्राप नथाप तिमी यो बानी छाडिदेऊ
यो मनुष्यको पीडा तिमी बुझिदेऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *