Skip to content

आज जन्म बित्यो मेरो


जन्म बित्यो मेरो भिर पाखामा
जन्मको फल पाउन सकेन आज यहाँ
जन्मिन्छ मान्छे पनि मर्छ यहाँ
जन्म लिएर धरतीमा बस्न पाउँछ र कहाँ ?
जन्म जब लिन्छ मान्छे भव सागरमा
जन्म लिदा मानवमा थाहा हुन्छ र कहाँ ?
जन्म लिनु पर्छ मान्छे यदि सुपुत्रको कुलमा
जन्म लिएर पर्दैन मान्छे कतापि भुलमा
जन्म जब लिन्छ मान्छे भिर र छागाँमा
जन्म लिएर सुख पाउँछ र आज कहाँ ?
जन्मनु छोरा सुपुत्रको बाटोमा
जन्मदै नजन्मनु छोरा कुपुत्रको पाटोमा
जन्मेर छोरा सारा संसार देख्न पाओस
जन्मेर छोरा अन्त्यमा धोका कहीं नपाओस
जन्मिओस छोरा सारा जीवन सुधार्ने
जन्म नलिओस छोरा त कुलै बिगार्ने
जन्मिन्छ छोरा मदिरा पानमा
जन्म लिएर छोराले अग्नि उठाउँछ यहाँ
जन्म लिनु छोराले जगतको रक्षा गर्ने
जन्मलिनु त छोराले संसारमा भलाई गर्ने
जन्म लिछु त आज मत कुल न गोतामा
जन्म लिएर आज म देख्छु भुतको पासमा
जन्म लिएता आज म त राक्षसको पासमा
जन्म लिए आज म त भुतको साथमा
जन्म लिनु त छोरा लक्षण नै लक्षिणको
जन्म लिओस छोरा भुभार आफ्नो पार्ने
जन्मदै नजन्मिओस छोरा सर्वनष्ट पार्ने
पृथ्वीमा सानो मेरो गाउँ
आकासको चन्द्र सूर्य पातलमा राहु
पृथ्वीको उच्च ठाउँमा मेरो सानो गाऊ
वारिपाखा पारि पाखा माझमा जल
सबैभन्दा माया लाग्ने आफ्नै जन्म घर
सधैंं भरि सपनीमा देख्छु आफ्नो गाउँ
झार जंगल हरियाली भाको मेरो ठाउँ
सिरमा देखिन्छ कति राम्रो हिमाल चुलि पनि
हिमालको काँख काखमा खेल्छु म पनि
स्वर्ग जस्तो सिरमा छन हिमाल धुपिका रूख
त्यस ठाउँमा पर्दैन मेरो केही पनि दुख
जता जान्छु ठण्डा हावा मन शान्त पार्ने
स्वर्गै स्वर्ग जस्तो लाग्छ पानी ठण्डा पार्ने
माथिबाट सगरमाथा मेरो शिरमा
तलबाट दुधकोशि बग्छ अब तहाँ
झुल्के घाम झुल्किदैछ हिमालको शिरमा
योभन्दा स्वर्गै ठाम पाउछर कहाँ
स्वर्गको ठाउँमा छ मेरो एउटा सानो घर
हिमालको काखमा छु छैन मनमा डर
बिहान उड्छु स्वर्ग देख्छु चाँदी जस्तो लाग्छ
भोक प्यास निर्दा पनि त्यस बेलामा भाग्छ
चारैपट्टि कराउछन डाफे मुनाल चरा
कस्तुरि मृग चर्छन हेर त्यस बेला
कोइली न्याउली कराउछन स्वर्गै जस्तो लाग्छ
मनमा सारो पिर भए त्यस बेलामा भाग्छ
कोइली न्याउली कराउँछ ध्यान दिएर सुन्छु
प्रकृति र सदभावनको मनमा कुुरा बुन्छु
चौरी गाइको दुध खान्छु हिम पग्लेको पानी
यसैमा स्वाथ्य बस्छ अब मेरो जिन्दगानी
वारि पारि छहरा छन कति राम्रो झरेका
वारि पारि चौरि गाई कति राम्रो चरेका
मेरा मनका भावनामा नाच्छन डाफे चरा
न्याउली कोईली डाफे चरा सबै एक भर
सुन माथि सुवर्णको माला गासी लाउँछ
मलाई हेरी डाफे चरा म नजिक पो आउछ
बिहान उड्छु जगजग देख्छु झुल्के घामको छायाँ
मेरो मनमा सधैंं लाग्छ हिमालको माया
जब घामको झुल्का परे हिमालको माझमा
त्यसबेला सम्झना बस्छ मेरो कलेजोमा
सगरमाथा उचाईमा कति राम्रो स्वर्ग
स्वर्ग जस्तो महशुस हुन्छ मेरो मनमा
चारै पट्टि बादल लाग्छ पानी पर्छ सिमसिम
त्यसवेला हिमाल देख्छु नजर हुन्छ रिमरिम
कस्तुरि र मुनाल डाफे भाका फेरि गाउँछन
संस्कृति र सदभावनाको भाका फेरि आउछन
प्रकृति र उत्साहाहो भाका फेर्दै आउछन
विहानको झुल्के घाममा हिमाल रातो हुने
त्यस बेलाको सम्झनाले मनमा च्वास्स छुने

लेखबहादुर कार्की
त्रि.न.पा.१२ कौवाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *