Skip to content

प्रेमरूपी समुद्रमा


प्रेमरूपी समुद्रमा अब चल्छ नाउ
जता मिल्यो माछा मार्यो गर्न हुन्न दाउ

प्रेमरूप अमृत हो पान गरेपछि
राख्नु पर्छ अस्तित्व पार्न हुन्न घाउ

कर्के आँखा लर्के वैंस स्वार्थीपना बोकी
नआऊ भो स्वीकार्दिन अर्को पथ धाउ

वाटिका हो यो जीवन पुष्पगुच्छा पुल्छ
सक्छौ भने माली बनी रम्य गीत गाउ

जीवनमा अग्निज्वाला पनि जल्न सक्छ
निभाउने मन भए सुधा लिई आऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *