Skip to content

मैले तिमीलाई कतै भेटिन


मैले तिमीलाई कतै भेटिन
न मनमा भेटे, न जीवनमा भेटे
न मैले लेख्ने कुनै हरफमा भेटे
न सुखमा भेटे न दु:खमा भेटे
कति खोजे एक्लै हुँदा
कति खोजे एक्लै रुदा
तर मैले तिमीलाई कतै भेटिन ।

कहाँ छौ तिमी? भन मलाई
म आउछु कुद्दै तिमीलाई भेट्न
म चाहन्छु तिमीलाई भेट्न
कति कुराहरू छन् तिमीलाई भन्ने
साचेर राखेको छु यो मुटुभित्र
धड्किरहन्छ्न् यो धड्कनभित्र
कहाँ छ तिम्रो घर ?
कति खोजे तिम्रो ठेगाना
कतै पाइन भेट्न तिमीलाई
तिमी चुपचाप बस्छौ
केही बोल्दैनौ किन ?
तिमी त साच्चैनै ढुङ्गा रहेछौ
तिम्रो मुटु पनि ढुङ्गा रहेछ
जस्ले तिमीलाई धेरै पुज्यो
उसैलाई दु:खको भेल दियौ
म सोचिरहन्छु हरेकपल
त्यो मन्दिर तिम्रो घर हैन
त्यो भगवान तिम्रो नाम हैन
तिमी त अरु कुनै चिज हौ
कहाँ छौ ?के गर्छौ ?
म किन भेट्दिन तिमीलाई
एक पटक त भेट मलाई
केही कुरा भन्नु छ
जस्ले मलाई खाइरहेछ
हो त्यही कुरा भन्नु छ तिमीलाई
त्यसैले म खोजिरहेछु
हरेक ठाउँ भौतारिरहेछु
तर पनि मैले तिमीलाई कतै भेटिन ।

रन्जना न्यौपाने
चरिकोट, दोलखा

1 thought on “मैले तिमीलाई कतै भेटिन”

  1. nice
    राम्रो लेख्ने प्रयास गर्नु भएको छ । अझै लेख्दै जानु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *