नहिंड भो प्रिया तिमी टढा टाढा तर्किएर
लाखौं बार बिन्ती मेरो यता हेर फर्किएर
मानिस चोला अमूल्य छ बुझ्नु पर्छ सबैले
केही कर्म गर्नु पर्छ हिड्नु हुन्न मर्किएर
कर्मयोगी बन्नु पर्छ समभाव धर्नु पर्छ
जथाभावी मार्ग रोजे क्षति हुन्छ लर्किएर
रागलाई त्याग्नु पर्छ सुझ बुझ हुनु पर्छ
अपनत्व त्यागेपछि बस्नु पर्छ सकिएर
दुई मुटुको रगत मिलाएर हेर्यो भने
रम्य बन्छ यो जीवन हिड्न हुन्न झर्किएर
