आफ्नो सुर आफै गर भन्छ सरकार
भोक भोकै मरे मर भन्छ सरकार
बिरामी घाइतेलाई औषधी छैन् यहाँ
घाउमा नून्चुक छरेछर भन्छ सरकार
कालो बजारी रमेका छन शहरमा
सकेजती झोला भर भन्छ सरकार
एक खान्छ अर्को भोकै विभेदी नियम
भोकै आँखा तरे तर भन्छ सरकार
गरिब दुखिको दिन आउदैन यहाँ
बोले झन दमन् गर भन्छ सरकार
घनश्याम शर्मा पौड्याल
पोखरा नेपाल
