Skip to content

चरित्रको परिचय


सडकको पेटीमा एउटा बालक सुतेको छ,
हजरौंका हुल त्यहाबाटै छुटेको छ,
तर फर्की हेर्ने कोही छैन्
सायद त्यहॉं कुकूर सुतेको भए,
कसैले न कसैले हेर्थ्यो होला

कोट र पेन्ट लाउनेहरू ठाँटिदै,
डिस्कोमा छिरेका छन्
नाच्ने र हॉंस्नेलाई,
हजारका नोट तिरेका छन्
तर एउटी लङ्गडीले,
बाटोमा हात थापेको भए
सायद उनीहरूको,
सर्वस्व स्वाहा हुन्थो होला

कस्तो निर्दयी यो मन
कस्तो विर्दयी यो तन
कस्तो स्वार्थी यो संसार
डिस्को र बाटोबीच,
फरक देख्ने ऑंखा

जसलाई नि आफ्नै स्वर्थ,
आनि भोग विलास तिर्खा तिब्र,
धिक्कार छ तिमीलाई,
मुटूबिनाको मानव
आफ्नो असली चरित्रको परिचय ।

तुलसिंह नेपाली,
दैलेख
हाल- यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *