गत अप्रिल १५, २०१६का दिन केन्याको राजधानी नैरोबीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्या च्याप्टरको गठन भएको छ ।
उक्त दिन नैरोबीको नियारी इष्टेटमा भएको नेपाली समुदायको भेलाले उक्त निर्णय गरेको हो । निर्णय अनुसार अध्यक्षमा नारायणदेवी अखिलि क्षेत्री, उपाध्यक्षमा साङ्गे डोमा, सचिवमा रेखा राई र कोषाध्यक्षमा मृदुला राई रहनु भएको छ ।

त्यसैगरी सदस्यहरूमा आरसी कर्माचार्य र मिनिशा ढुंगाना रहनु भएको छ । उक्त भेलामा अनेशासका पूर्व केन्द्रीय अध्यक्ष तथा बि.ओ.टी सहअध्यक्ष गीतकार गीता खत्री तथा अनेसास केन्द्रीय उपाध्यक्ष राम खत्रीको पनि उपस्थिति थियो ।
उहाँहरूले नयाँ पदाधिकारीहरूलाई अनेसासमा स्वागत गर्दै उहाँहरूको हरेक साहित्यिक गतिविधिमा केन्द्रले सहयोग गर्ने बचन दिनु भएको थियो ।
नैरोबी लगायत म्याडागास्कर र तान्जानीयमासमेत नेपाली भाषासाहित्य, कला र संस्कृतिको जगेर्ना गर्दै विदेशमा बस्ने नेपालीहरूको दोस्रो पुस्तामा नेपाली भाषासाहित्य हस्तान्तरण गर्दै लैजान सके नेपाली भाषासाहित्यले पनि विश्व रंगमन्चमा राम्रो स्थान पाउन सक्छ ।
यसै पुनित कार्यमा आफूले पनिसकेको योगदान गर्ने मनसुवा राखेर उक्त च्याप्टर गठन गरिएको व्यहोरा अध्यक्ष नारायणदेवीले बताउनु भएको छ ।
