Skip to content

फूल किन फुल्छ बाबै


फूल किन फुल्छ बाबै फूल किन फुल्छ
थाहा नै छ उसलाई भरे मर्नुपर्छ

बिहानीको मोई उसले यति मिठो लिन्छ
सिङगो जीवन फुले जस्तै यति फुरिदिन्छ
मर्ने कहिले मर्छ रै बाँच्ने नै त मर्छ

फूल भन्छ आउने जाने दुइटै मेरो हैन
तर बिन्ती नखोसी देऊ मेरो बाँच्ने चैन
बाँचुन्जेल हाँसी हाँसी मैलै बाँच्नु पर्छ

स्वर – आनी चोइङ डोल्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *